गुल्मी, चैत्र –२८ । गएरातीको अविरल बर्षा संगै आएको हावाहुरी गुल्मीको हडहाडेमा दुई परिबारको घरको छाना उडाई दिएको छ । धुर्कोट गाउँपालिका –३ मा पर्ने साविक हाडहाडे गाबिसको बर्दवास टोलका कृष्ण बिष्टको दुई तले घरको टिनले छाएको पाली र सोही टोलकी देवकला महतको ढुङ्गाले छाएको उत्तर तर्फको छानो उठाई दिएको हो ।
महतको टिनले छाएको बाख्राको खोर छानो समेत उडाई दिएर क्षति पुराएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । मानविय र पशुचौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ । उक्त क्षति भएको खबर पाउन साथ आज बिहान ६ बजे नजिकै रहेको अस्थाई प्रहरी पोष्ट हाडहाडेबाट प्रहरी सहायक हवल्दार भेषबहादुर जिसीको कमाण्डमा पुगेको प्रहरी टोली उद्धार कार्यमा जुटेको जनाईएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी गंगाबहादुर सारुका अनुसार माताहतका विभिन्न युनिटबाट गएरातीको हावाहुरीले क्षति पुराएको विवरण आउने क्रम जारी छ । गएराती गुल्मीका प्रायः अधिकांस स्थानमा अविरल बर्षा संगै तिब्र हावाहुरी चलेको थियो । आज विहान देखि भने मौसम सफा रहेको छ तर विहान ९ बजे सम्म पनि सदरमुकाम तम्घास आसपासमा घाम लागेको छैन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |