Smoking Causes Cancer

कविता: हराएको सूचना -नारायण कोइराला



नारायण कोइराला
१ वर्ष अगाडि


Place for ads

किन आउँछ सम्झना,
त्यो बाल्यकालमा
हाँस्दै खेल्दै दौडिएको
डाँडा खोल्सासँग खेलेको
खाडको गराई ननापी तरेको

किन आउँछ सम्झना,
बोतल भरेर धमिलो पानी पिएको
बोराको झोलामा किताब बोकेर दौडिएको
कमलको फूल टिप्न खोज्दा
चुर्लुम्म डुबेको

किन आउँछ सम्झना,
चिलाउनेको सेउलाले बार्दै चर्पी बनाएको
छात्रालाई अलि राम्रो
छात्रलाई ठीकठाक बरबुर परेको
बिना पानी बल्लतल्ल दिन गुजारेको

सिंचाई
Forest
Ad.

किन आउँछ सम्झना,
ईट्टा,ढुङ्गा र बालुवा बोकेको
चिलाउनेको मुडा बोक्दा काँध खुइल्यको
छानो उडेर कहिले काहिँ
पानीमा भिजेको

किन आउँछ सम्झना,
दिनदिनै मीटिंग बैठक भएर
फाइल सम्म फालेको
शिक्षक कक्षामा नआएर बाहिर झगडा गरेको
लड़ाई झगडा जति सुकै भएपनि
निरन्तर पढेको

किन आउँछ सम्झना
धेरै साथीहरुले विद्यालय छोडेको
यहाँ पढाइ छैन भन्दै नराम्रोसंग हेपेको
लाग्छ दुख्ख जहाँ पढियो
त्यहीबाट एसएलसी दिन नपाएको

किन आउँछ सम्झना
श्री सरस्वती मा वि’को
जहाँ जसको पसिना छ
तर नमो निशान छैन

Awareness by SKF

किन आउँछ सम्झना
माफ गर्नु सरस्वती मा वि
सम्झेर के गर्नु समय बद्लियो
हामी समयसँग हारायौ
सञ्चारमाध्यमले तहल्का मच्चायो
तर
सूचनाको अभावमा सरस्वती मा वि
तिम्रा पूर्व विद्यार्थी हराए
अब त टाँस्न पर्ने भो सूचना
पूर्व विद्यार्थी हराएको
तिम्रै इतिहास खोजेर।

तानसेन, पाल्पा
हाल: कुवेत

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो