Clean Water Campaign

Awareness Campaign

तानसेनको विद्युत् आपूर्ती सहज गर्न, सिटी फिडरको शुभारम्भ



शर्मिला चुँदारा
८ महिना अगाडि


Awareness

Place for ads

तानसेन बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउनका सिटी फिडरको शुभारम्भ गरिएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले तानसेन १, बराङ्दीमा फिडरकाे व्यवस्था गरिएकाे हाे ।

लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना र तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा तानसेन नगरपालिका–१ बराङ्दीमा राखिएको मुख्य ट्रान्फर्मरबाट स्वीच अन गरेर विद्युत् फिडरबाट सेवाको शुभारम्भ गर्नु भएको हो । सेवा सुरु भएसंगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको छ ।

सिंचाई
Forest
Ad.

ग्रामीण क्षेत्रमा हावा, हुरी र अन्य कारणले विद्युत अवरुद्ध हुँदा तानसेन बजारको लाइन अवरुद्ध हुँदै अवस्था रहेकोले समस्या समाधानका लागि सिटी फिडर जडान गरी बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाइएको केन्द्रका प्रमुख दिलिप मरासिनीले बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रको लाईन र बजार क्षेत्रका केही टोलहरुमा सप्लाई हुने विद्युत एउटै फिडरबाट आपूर्ति हुँदा बजार क्षेत्रको विद्युत् आपूर्ति असहज हुने गरेकोमा आगामी दिनमा बजार क्षेत्रको विद्युत् आपूर्ति सहज हुने बताउनुभयो । केन्द्रले अब गाउँतिरको विद्युतमा कतै समस्या भए पनि बजार क्षेत्र अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →