Salime Malika Krishi Farm

Awareness Campaign

गलकोट-५ को सडक स्तरोन्नतिको मागसँगै स्थानीयको ध्यानाकर्षण



लालु प्रसाद गैरे
३ हप्ता अगाडि


Awareness

Place for ads

गलकोट: गलकोट नगरपालिका–५ अन्तर्गत बसाहफाँटदेखि भैंसे, आँगाखेत, मल्म हुँदै पाण्डवखानी–रणसिंहकिटेनीसम्मको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयवासीले ध्यानाकर्षण गराएका छन्।

मल्म, पाण्डवखानी र रणसिंहकिटेनी खण्ड सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत स्तरोन्नतिको कामले गति नलिएको भन्दै स्थानीय टोलवासी तथा संस्थाहरूले सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराएका हुन्।

दुई वर्षअघि कालोपत्रे गर्ने कार्य थालिए पनि यस आर्थिक वर्षको मंसिर प्रवेश हुँदा समेत काम सुरु नहुँदा स्थानीय निराश बनेका छन्। सडक स्तरोन्नति नहुनुका कारण हिउँदमा धुलो–धुवाँ, बर्खामा हिलो, ठाउँ–ठाउँमा खाल्डाखुल्डी र पक्की नाली नहुँदा सवारी–साधन आवतजावतमा कठिनाइ भएको गुनासो छ।

सिंचाई
Forest
Ad.

खड्ग कालिका टाेल विकास संस्थाका अध्यक्ष छुम बहादुर थापाका अनुसार सडक व्यवस्थापनमा देखिएको ढिलासुस्तीप्रति गलकोट वडा नं. ७ का अध्यक्ष राज बहादुर थापा तथा निर्माण कम्पनी लो–पूर्ण कन्स्ट्रक्सन प्रालिलाई औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ।

सरल टाेल विकास संस्थाका अध्यक्ष मिन बहादुर थापाले सरोकारवाला निकायको बेवास्ता तथा लापरवाहीका कारण विनियोजित बजेटको प्रभावकारी सदुपयोग हुन नसकेको आरोप लगाउँदै तत्काल पहल थाल्न आग्रह गरे।

सडक स्तरोन्नतिको मागमा स्थानीय तर्फबाट
– राष्ट्रिय कलाकार विष्णु खत्री,
– पत्रकार थम्मन थापा ‘सन्देश’,
– राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापा,
– घुम्टे युवा परिवार अध्यक्ष जीवन साहानी,
– समाजसेवी केहरसिंह थापा,
– कृष्ण थापा लगायतले सरोकारवाला निकाय, जनप्रतिनिधि, इन्जिनियर तथा निर्माण कम्पनीसँग अन्तरक्रिया गरी कामलाई छिटो अघि बढाउन जोड दिएका छन्।

सडक स्तरोन्नतिको विषयमा स्थानीय एकजुट भएर खबरदारी गर्ने प्रतिवद्धता सार्वजनिक गरिएको छ। संघीय सरकारको बजेटमार्फत केही स्थानमा काम चलिरहेको भए पनि कामको गति अत्यन्त सुस्त भएको स्थानीयको आरोप छ।

Awareness by SKF

यसैबीच गलकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष राज बहादुर थापाले स्थानीयको मागलाई सम्बोधन गर्न आवश्यक समन्वय र सहजीकरणमा आफूहरू संलग्न रहने जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो