Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रुद्रवेणी-वामीटक्सार सडक खण्ड २० दिन आंशिक बन्द हुने



ओझेलका खबर संवाददाता
१ दिन अगाडि


Awareness

Place for ads

गुल्मी: पाल्पा सडक डिभिजनको रेखदेखमा राष्ट्रिय राजमार्ग (NH 49) अन्तर्गत रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक खण्डको स्तरोन्नति कार्य तीव्र पारिएको छ। निर्माण व्यवसायी श्रेष्ठ कन्स्ट्रक्सन सेवा, तम्घासले यस सडक खण्डमा पर्ने अत्यन्त संवेदनशील र साँघुरो स्थान ‘सिस्ने भिर’ मा सडक चौडा पार्ने (कटिङ) कार्य सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मी र सडक डिभिजन पाल्पाले जारी गरेको सूचना अनुसार, सडक निर्माण कार्यलाई सहज बनाउन २०८२ साल माघ २६ गतेदेखि फागुन १५ गतेसम्म सवारी आवागमनमा समय तालिका लागू गरिएको छ।

तोकिएको समय तालिका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ भने बाँकी समयमा सवारी साधनहरू निर्बाध रूपमा सञ्चालन हुन सक्नेछन्। सडक बन्द भएको समयमा साना सवारी साधनका लागि सोता-सानारघु-डकुवा-चोरकाटे मोटरबाटो निस्कने एउटा मार्ग र मजुवा, दम्का, रुपाकोट, म्यालपोखरी हुँदै चोरकाटे पुग्ने अर्को वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

यो बाटो स्तरोन्नति हुने भएपछि गुल्मी, बागलुङ तथा रुकुम पश्चिमसम्मका यात्रु तथा स्थानीय नागरिकहरू खुसी भएका छन्। लामो समयदेखिको आफ्नो पहल सार्थक हुन लागेको भन्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

 

 

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो