गुल्मी: सडक डिभिजन कार्यालय पाल्पाले गुल्मीको हटिया–मजुवा–शान्तिपुर सडकको स्तर वृद्धिका लागि करिब तीन करोड बराबरको ठेक्का आह्वान गरेको छ।
हटिया–मजुवा–शान्तिपुर सडक अन्तर्गत दुई खण्ड, हटिया–मजुवा अन्तर्गत पुलदेखि माथि ढलान हुने गरी र मजुवा–गेखुङ–शान्तिपुर खण्ड समेत थप स्तर वृद्धि हुने गरी रु. ३ करोड बराबरको ठेक्का आह्वान गरिएको जनाइएको छ।
यसप्रति खुसी व्यक्त गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री सामाजिक सञ्जालमा लेख्नुहुन्छ– “लामो अन्योलका बीच सहजीकरण गर्नुहुने पाल्पा सडक डिभिजन कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतका सम्बन्धित कर्मचारी/अफिसर साथीहरू, निरन्तर घचघच्याउनुहुने वडा नं ८ का वडाध्यक्षज्यू, वडा सदस्य बाबुराम बोहोरा एवं बाबु बस्नेत, गेखुङवासी समाजसेवी र सबै नागरिकलाई विशेष धन्यवाद दिन चाहन्छु। ठेक्का खुलेको सहर्ष जानकारी गराउन चाहन्छु।”
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








