Smoking Causes Cancer

गुल्मीको चन्द्रकोटमा सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Place for ads

गुल्मी: सडक डिभिजन कार्यालय पाल्पाले गुल्मीको हटिया–मजुवा–शान्तिपुर सडकको स्तर वृद्धिका लागि करिब तीन करोड बराबरको ठेक्का आह्वान गरेको छ।

​हटिया–मजुवा–शान्तिपुर सडक अन्तर्गत दुई खण्ड, हटिया–मजुवा अन्तर्गत पुलदेखि माथि ढलान हुने गरी र मजुवा–गेखुङ–शान्तिपुर खण्ड समेत थप स्तर वृद्धि हुने गरी रु. ३ करोड बराबरको ठेक्का आह्वान गरिएको जनाइएको छ।

​यसप्रति खुसी व्यक्त गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री सामाजिक सञ्जालमा लेख्नुहुन्छ– “लामो अन्योलका बीच सहजीकरण गर्नुहुने पाल्पा सडक डिभिजन कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतका सम्बन्धित कर्मचारी/अफिसर साथीहरू, निरन्तर घचघच्याउनुहुने वडा नं ८ का वडाध्यक्षज्यू, वडा सदस्य बाबुराम बोहोरा एवं बाबु बस्नेत, गेखुङवासी समाजसेवी र सबै नागरिकलाई विशेष धन्यवाद दिन चाहन्छु। ठेक्का खुलेको सहर्ष जानकारी गराउन चाहन्छु।”

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो