Awareness

Get Vaccinated

रहस्यमय मृत्यु र सडक दुर्घटनाका पीडितलाई थप पिडा



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

गुल्मी: रहस्यमय मृत्युका आफन्तजन र सडक दुर्घटनाका पीडितहरु थप पिडामा परेको गुनासो सुनिदै आईएको छ। कुनै शंका लाग्दो मृत्यु हुन्छ , प्रयोगशाला परिक्षणका लागि पिडित पक्षको मोबाइल प्रहरीले लिन्छ र काठमाडौं पठाउछ। एक बर्ष सम्म पनि त्यो मोबाईल फर्केर आउन्न। पिडित मध्येका गरिब परिबार अर्को मोबाइल किन्न नसकेर संचारविहिन हुँदाको पिडा कसले बुझ्ने?

सडक दुर्घटना हुन्छ। प्रहरीको ध्यान मानवीय उद्धार मै केन्द्रित हुनु स्वभाविकै हो। घाईते मध्ये कसैले नगद यति पैसा हरायो भन्छन त कसैले यस्तो उस्तो गहना हरायो भन्छन। दुई बर्ष अघि गुल्मी तम्घास नजिकै जिप दुर्घटनाकी घाईते मुसिकोट नगरपालिका-३ कि जुन थापा पनि त्यही पिडा सुनाउदै पट्क पट्क तम्घास धाउदै आउनु भएको छ तर उहाँले दावी गरेको नगद ७० हजार र अस्पताल सम्म देखेको भनिएको सुनको सिक्री पाउन सक्नु भएको छैन।

यसर्थ प्रहरी र स्थानीय मानविय उद्धारमा एउटा टोलि र जनप्रतिनिधिको रोहबरमा दुर्घटनास्थलको धनमाल उद्धारमा अर्को टोलि जुट्न जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →