Smoking Causes Cancer

मुस्ताङमा बस पल्टिदा गुल्मीकी एक युवती सहित २० जना घाइते



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी: मङ्गलबार मुस्ताङको कागबेणीमा बस सडकमा पल्टिदा एक जना गुल्मीकी युवती सहित २० जना घाईते भएका छन।

बिहान करिब ९ बजेको समयमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गा.पा.-४, कागबेनी-मुक्तिनाथ सडक खण्ड स्थित ऐ.गा.पा. नजिकै रहेको घुम्तिमा मुक्तिनाथबाट जोमसोम तर्फ आउदै गरेको प्रदेश नं.३-०१००६ख ६२२ नं.को रिर्जभ बस सडकमा पल्टिदा २० जना घाईते भएको मुस्ताङका जिल्ला प्रहरी प्रमुख भोजराज पाण्डेले जानकारी दिए।

काठमाण्डौको अनामनगर स्थित लिबरटि कलेजबाट मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा अचानक सडकमा पल्टन गई दुर्घटना भएको थियो।

सिंचाई
Forest
Ad.

त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिकास – ५ कि २१ बर्षिया समिक्षा ज्ञवालि पनि घाईते भएको र उनि सहित घाईते सबै जना अस्पतालबाट डिस्चार्ज समेत भएको डिएसपी पाण्डेले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →