Place for ads

Awareness

गुल्मीमा प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनुभएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा चैत ९ देखि ११ गतेसम्म प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

जाउँ हिड रेसुङ्गा अभियानलाई जाेड्दै जिल्ला ब्याडमिन्टन संघको आयोजनमा प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अन्तर्गत अन्तर्गत खुल्ला पुरुष डबल, ३५ प्लस भेन्ट्रान्स, ४५ प्लस भेन्ट्रान्स, ५५ प्लस भेन्ट्रान्स, खुला पुरुष सिंगल, खुला महिला डबल र खुला पुरुष ग्रेड बी गरी सात विधाका खेल हुनेछन् ।

Get Vaccinated

खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता विजेता पुरस्कार ६० हजार, प्रथम उपविजेता पुरस्कार ४० हजार र दोस्रो उपविजेता पुरस्कार २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क तीन हजार रहेको छ । ३५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार ४० हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ । ४५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार ४० हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ ।

जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ । ५५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ । खुला पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।

खुला महिला डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ । खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ । ब्याडमिन्टन प्रतियोगिताकाे राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लुम्बिनी र जिल्ला खेलकुद विकास समिति प्रबर्दककाे रुपमा रहेका छन् । ब्याडमिन्टन प्रतियोगिताकाे सबै तयारी पुरा भएको जिल्ला ब्याडमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठले बताए ।

जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले ब्याडमिन्टन खेलकाे चाैतर्फी विकास, पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन र समग्र आर्थिक विकासको लागि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बताए । ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुला पुरुष डबल र खुला पुरुष सिंगलमा टप २० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउनेछन् । खेलकाे समग्र खर्च २१ लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ । पाँच सय भन्दा बढी खेलाडी सहभागी हुने आयोजककाे अपेक्षा छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो