Clean Water Campaign

Awareness Campaign

सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवको अवसरमा भोजन दान



सुमित्रा कंडेल
१ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: सामुदायिक रेडियो मदनपोखरा पाल्पाले आगामी चैत्र २३ गते रजत महोत्सव मनाउने भएको छ। यसै अवसरमा दृष्टिविहिन विद्यार्थीका लागि आइतबार भोजन दान गरेको छ। तानसेन-९ मा रहेको दमकडा नमुना माध्यमिक विद्यालय दमकडा पाल्पाका दृष्टि विहिन शाखाका सम्पुर्ण विद्यार्थीहरुलाई भोजन दान गरेको हो।

कार्यक्रममा रेडियोका अध्यक्ष झपेन्द्र वहादुर जि.सी.ले रेडियोले विगतमा गरेका कामको स्मरण गर्दै यस्तो कार्यक्रम गर्नुको आचित्यमाथि प्रकाश पार्नुभएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा विद्यालयका अध्यक्ष राजेश कुमार अर्याल, प्रधानध्यापक मोहन प्रसाद सापकोटा तथा रेडियोका कार्यकारी निर्देशक गुणाकर अर्यालले रेडियो मदनपोखरा र दमकडा मा.वी. विचको दीर्घकालीन सुसम्बन्ध र समय समयमा सम्पन्न गर्दै आएका विभिन्न सहकार्यको चर्चा गर्नु भएको थियो।

यो अन्योन्याश्रित सम्वन्धलाई भविष्यमा पनि दिगो राख्न सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो। दृष्टिविहिन विद्यार्थीहरुको तर्फबाट कक्षा ११ मा अध्ययनरत जगत कुंवरले विद्यार्थीहरुको जीवनमा सामुदायिक रेडियो मदनपोखरा पाल्पाले पारेको सकारात्मक प्रभावको उल्लेख गर्दै रेडियोको प्रगति र रजत महोत्सवको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो। विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले विद्यालयको तर्फबाट रेडियोलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →