Awareness Campaign

गजल: सबै फिर्ता लैजानु हुँदैन



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

– सम्झना गिरी

पख न हतारमा सबै फिर्ता लैजानु हुँदैन
महिनाैँ नकुरी त मुठ्ठी पनि मानु हुँदैन

पैसालाई सबथोक मान्छ यो समाज
प्रगतिलाई यति सानो सम्झनु हुँदैन

Forest
Forest
Ad.

सङ्घर्षकाे सिढीमा पाइला पाइला चढ्नुछ
एकै पटकमा काेही देवकोटा र भानु हुँदैन

सफलताको बाटो हाेला बहाब पनि हाेला
हतार हतारमा पल्लो तिर चाहानु हुँदैन

धैर्य गरेर बस कटाइदेउ केेही भारिहरू
हतारमा बाघले घाँस पनि त खानु हुँदैन

(लेखक रेसुङ्गा बहुमुखी क्याम्पसकी स्ववियु सदस्य हुन्।)

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो