Smoking Causes Cancer

Awareness Campaign

गजल: शीत -पुष्कर अथक रेग्मी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कविताको शुभारम्भ शीत बाट नै हुन्छ
तिम्रो हाम्रो माया प्रीति गीत बाट नै हुन्छ

जिन्दगीको कथाव्यथा सुनाएर त हेर
ललाटमा लेखिएको रीत बाट नै हुन्छ

सुख दु:ख कर्म गर्दा सधैं मनमा खुशी
हार्दाहार्दै पाएको त्यो जित बाट नै हुन्छ

सिंचाई
Forest
Ad.

रिस राग इख ईर्ष्या गर्ने मान्छेका लागि
शान्ति कान्ति सुसमृद्धि हित बाट नै हुन्छ

सत्य कुरा कहदैछु सुन अथक तिम्रो
समर्थन आलोचना मीत बाट नै हुन्छ

– पुष्कर अथक रेग्मी
पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो