Salime Malika Krishi Farm

Awareness Campaign

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते, ७ को अवस्था गम्भीर



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

रुकुम: रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

चौरजहारीबाट खलंगा जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए। उनीहरुको अहिले उद्धार गरेर विभिन्न अस्पताल पठाइएको र घाइते मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो