Hi-Speed Computer

Awareness Campaign

तिहार विशेष मुक्तक दोहोरी (माइती चेली)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

श्याम कुमार श्रेष्ठ र सरु श्रेष्ठ बिचको तिहार विशेष मुक्तक दोहोरी यहाँ प्रस्तुत गरिएको छ।

यसपालीको तिहारमा घर आउँन पाइनँ बहिनी
सप्तरङ्गी टिका र फूलको माला लाउँन पाइनँ बहिनी
गरिबिकै कारण विदेश जान बाध्य भएको हुँ म
रहर हुँदा हुँदै पनि परिवार सँगै रमाउँन पाइनँ बहिनी
– श्याम कुमार श्रेष्ठ

यसपालि त आउछु भनि ढाँट्याै किन दाइ?
रहर नहुदाँ नहुँदै पनि डाँडा काट्याै किन दाइ?
वर्षै भयो तिहार पनि सँगै मनाउन नपाएको
परदेशी भई मन त्यतै साट्याै किन दाइ?
– सरु श्रेष्ठ

Forest
Forest
Ad.

नमानी लाज नमानी दुःख ,परदेशमा फिर्नु परेको छ
चाडपर्वमा लिएको ऋण खर्च अहिले तिर्नु परेको छ
गरीबीकै कारण परिवार सँग रमाउँन पाएन मैले,
कसलाई दोष दिनु सबैको नजरबाट गिर्नु परेको छ
– श्याम कुमार श्रेष्ठ

चाहिदैन मलाई धन सम्पत्ति माया भए पुग्छ
हर समय साथ रहने हजुरको छाँया भए पुग्छ
दोष त थियो होला दाइ आफ्नै भाग्यको
मेरो हरेक दुखमा माइती दायाँबायाँ भए पुग्छ ।
– सरु श्रेष्ठ

झरी पर्दा चुहिने घरको छानो फेर्नु छ बहिनी
गरिब भनि हेप्नेको अघि केही गरि हेर्नु छ बहिनी
दुःखी मन कहिले नगर्नु भावीको लेखा यस्तै रहेछ
गर्दिन परदेशमा दुःख तिमीले भनेको टेर्नु छ बहिनी
– श्याम कुमार श्रेष्ठ

देउसि र भेैलि सुन्दा मन यति रुन्छ र दाइ
चेलीलाई माइती भन्दा ठूलो के हुन्छ र दाइ?
दिनदिनै साहुले लगाएको वचन सहेका छाै
गरिब दु:खीको पीडा यहाँ कस्ले सुन्छ र दाइ
– सरु श्रेष्ठ

Awareness by SKF

नआत्तिनु बहिनी हाम्रो पनि खुसीको दिन आउने छ
हाम्रै प्रगतिले समाजका शोषक साहु पछुताउने छ
मेरी चेली कति बुझ्ने र धेरै हुनुहुन्छ जिम्मेवारी
प्रगति गरि कुनै दिन बाआमालाई खुसी बनाउने छ
– श्याम कुमार श्रेष्ठ

परदेशी दाइ पनि घर नआएको धेरै वर्ष भयो
वर्ष दिनको तिहारमा सँगै नरमाएको धेरै वर्ष भयो
बसेकि छु सयपत्रि र मखमलि फूलको माला गाँसेर
माइती बिनाको हाम्रो घर नसजाएको‌ धेरै भयो
– सरु श्रेष्ठ

झुपडीकै घर भए पनि फूल मालाले सजाउनु है चेली
साथी सँङ्गी सँगै देउसी भैलो खेल्दै रमाउनु है चेली
अर्को साल पक्कै आउने छु घर फर्कि पिर नगर्नु
पीडाहरू भुलेर मेरो सामु मुस्कुराउनु है चेली
– श्याम कुमार श्रेष्ठ

घर परिवारको जिम्मेवारी बोक्न सक्ने भएकि छु
धन कमाएर साहुको वचन रोक्न सक्ने भएकि छु
आसा छ अब छिटै हाम्रो खुसिको दिनआउनेछ
सानो तिनो वाधा अड्चन ठोक्न सक्ने भएको छु
– सरु श्रेष्ठ

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो