Awareness

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा आयोजित गणेश विष्ट र सपना कुँवर बिचको मुक्तक दोहोरी



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

जून तारा साहित्य समाजद्वारा आयोजित गणेश विष्ट र सपना कुँवर बिचको मुक्तक दोहोरी यहाँ प्रस्तुत गरिएको छ:

Forest
Forest
Ad.

यो दुनियाँ साह्रै मतलबी छ विचार गरेर हिड्नु होला
पिठ्युँमा भाला रोप्न सक्छन् जोगिएर हिड्नु होला
छोडेर गएकाहरूले बिर्सिन सक्छन् सधैंको लागि
यो मनमा बसेकाहरूले मलाई सम्झेर हिड्नु होला
गणेश बिष्ट बर्सात

लड्न खोज्दा हातमा हात तिमी छँदैछौ नि
दिन होस् अथवा अब रात तिमी छँदैछोै नि
मलाई चिन्ता छैन कुनै पनि यो जीवन कटाउँन
अरुले देखाए पनि औकात तिमी छँदैछोै नि ।
सपना कुँवर

दुनियाँलाई बिर्सिएर तिमीलाई म अपनाउँने छु
दुःख होस् सुख होस् सँगै जिन्दगी बिताउँने छु
म साथमा भएपछि केही पनि चिन्ता लिनु पर्दैन
हाम्रो सम्बन्ध देखेर जल्नेलाई साइड लगाउँने छु
गणेश बिष्ट बर्सात

दुनियाँलाई माया गर्छोै कि डर लाग्छ
पराईको लागी अब मर्छोै कि डर लाग्छ
भन्न त अरुलाई साईड लगाउँछु भन्योै
छल गरेर अन्त कतै सर्छोै कि डर लाग्छ।
सपना कुँवर

मेरो विश्वास लाग्दैन भने मुटु झिकेर दिन्छु तिमीलाई
पराइको नामै नलिनु प्रिया हरेकपल सम्झिन्छु तिमीलाई
केही महिना पर्खेर बस्नु आउँदै छु आफ्नो गाउँमा
चुरा पोते र सिन्दूर लगाई मेरो घरमा लिन्छु तिमीलाई
गणेश बिष्ट बर्सात

श्रीमानको हक तिमीले पूरा लिएर आउनु
बिहेमा चाहिने जति सबै कुरा लिएर आउनु
साँच्चै चोखो प्यार गर्छोै भने तिमीले मलाई
एउटा साडी अनि सिन्दूर चुरा लिएर आउनु
सपना कुँवर

Awareness by SKF

तिम्रो खुसीको लागि जे गर्न पनि तयार छु प्रिया
तिमीलाई पाउँन आफू मर्न पनि तयार छु प्रिया
तिमी बिना श्वास फेर्न पनि गाह्राे हुन्छ यहाँ मलाई
बिस्तारै न्यानो काखमा सर्न पनि तयार छु प्रिया
गणेश बिष्ट बर्सात

भयो भने यो पिरतीको भारी के गर्नु हुन्छ?
बस्न पर्‍यो भने मायालाई मारी के गर्नु हुन्छ?
मत सानो जातकि छोरी परे नि प्यारा हजुर
तपाईंको बा ले नस्वीकारे बुहारी के गर्नु हुन्छ?
सपना कुँवर

कहिल्यै हुँदैन भारी पिरती जोगाउनु छ हामी दुवैले
पवित्र मायाको इतिहास नै लेखाउनु छ हामी दुवैले
मनमा माया भए सानो र ठूलो थरले फरक पार्दैन
आमा बुवालाई यहीँ कुरा सम्झाउनु छ हामी दुवैले
गणेश बिष्ट बर्सात

खाएको कसम कहिलै तोड्न पाउदैनोै
चालेका ती पाइला अन्तै मोड्न पाउदैनोै
सबैको सामु सिन्दूर हाली आफ्नो बनाऊ
जातको नै कारण पछि छोड्न पाउदैनोै
सपना कुँवर

बाचा कसम कसरी तोड्न सक्छु खाएको मायालु
भुल्न सक्दिनँ ती कलिला हात समाएको मायालु
एक चिम्टी सिन्दूरले पुरै जिन्दगी चलाउँन चाहन्छु
याद छ त्यो अधर यो अधर धेरै बेर मिलाएको मायालु
गणेश बिष्ट बर्सात

फेरीदैन कहिले पनि मेरो मन अब
तिम्रै नाममा चल्छ धड्कन अब
यति धेरै माया भए पछि प्यारा
जोडोै कहिले नछुटिने बन्धन अब
सपना कुँवर

त्यो अति सुन्दर मन कहिल्यै नफेरि दिए पुग्छ मलाई
दुःख पीडा र अभाव भएको बेलामा सम्झिए पुग्छ मलाई
महल बनाउन नसकेँ पनि मायाको मन्दिर बनाउने छु
देवी भनेर पुजा गर्नेछु कहिल्यै नछुटिए पुग्छ मलाई
गणेश बिष्ट बर्सात

अहँ मैले कुर्न सकिनँ कहिले आउछोै भन?
तिम्रो जीवन सुम्पिन कहिले आउछोै भन?
गाउँकाले कुरा काट्न थाली सके नि हजुर
एकचिम्टी सिन्दूर दिन कहिले आउछोै भन?
सपना कुँवर

केही दिन पर्खेर बस छिट्टै फर्कि आउँनेछु प्राण प्रिया
तिम्रा ती लजालु ओठमा अधर जुधाउँनेछु प्राण प्रिया
गाउँलेको काम अरु के छ खुट्टा तान्ने रमिता हेर्ने त हो?
तिम्रो एकदिन पक्कै त्यो सिउँदो रङ्गयाउँनेछु प्राण प्रिया
गणेश बिष्ट बर्सात

जिउनु छ अब हामी एक सज्जन बनेर
एक पटक होइन प्यारा झन् झन् बनेर
यस्तो जोडी बनेर चिनाउने छौ अब हामी
म मुना अनि तिमी मात्र मेरो मदन बनेर
सपना कुँवर

अब तिमी र मैले एक भएर जिन्दगी चलाउनु छ
हामीले सुन्दर जोडी बनेर दुनियाँलाई देखाउनु छ
हामी दुवैका यी दुःख सुख बाँडेर एकआपसमा
हाम्रो पवित्र सम्बन्धलाई युगौँसम्म जोगाउनु छ
गणेश बिष्ट बर्सात

दुःखको सागर तरेर राम्रै छ जीवन
म तिम्रै भरमा परेर राम्रै छ जीवन
जोडी भनेको त आफुलाई बुझ्नेहोस
मैले उनिसगँ बिहे गरेर राम्रै छ जीवन
सपना कुँवर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो