Smoking Causes Cancer

Awareness Campaign

रेडियो कार्यक्रम ‘मन भित्र गुम्सिएका भावनाहरु’मा यस हप्ता वाचन हुने गजलहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजद्वारा सञ्चालित रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरूमा यस हप्ता प्रसारण हुने गजलहरु यहाँ प्रस्तुत गरिएको छ:

जनता आफैंले शासन चलाउने दिन पक्कै आउँछ
भ्रष्टाचारीहरुको फेदै ढलाउने दिन पक्कै आउँछ

देश बिगार्नेको घमण्डलाई तोड्न सक्ने हो भने
शोषकको शिर पाउ गलाउने दिन पक्कै आउँछ।

सिंचाई
Forest
Ad.

झुठो सपना बाडेर जनता भाड्नेहरुलाई लखेटौं,
सामन्तीको चुरिफुरी जलाउने दिन पक्कै आउँछ।

सुखी र समृद्धिको इतिहास कोर्न उठौं नेपालीहरु,
गरिबीको चुलो पनि बलाउने दिन पक्कै आउँछ।

राष्ट्रका खलनायकहरुलाई छानछानी पछारे पछि,
विकासको फल फलाउने दिन पक्कै आउँछ।
– भोज विवश मगर
गैंडाकोट-३, ढोडेनी नवलपरासी पुर्व

दुनियाँलाई थाहा भैरहन्छ डाहा भैरहन्छ
आँसु नदि बनिदिन्छ नयन किनारा भैरहन्छ

Awareness by SKF

प्रेममा हार हुँदा जिन्दगी हारियो सोच्छौ
यो जिन्दगी हो यार घाटा नाफा भैरहन्छ

आरनमा फलाम झै चोट सहनुपर्छ जसरी
सफरमा उतार चढावको बाध्यता भैरहन्छ

साहुको ऋण तिर्नुछ चोट सहनुछ मैले
आमा म परदेशी छोरा न परे पीडा भैरहन्छ

कठोर हृदयको भनेर हेला नगर न प्रिया!
समयको खेल हो समयबाट हेला भैरहन्छ

न हावाले उडायो न उचालेर फाल्न सकियो
यो याद पनि कस्तो-कस्तो हावामा भैरहन्छ
– राजेश क्षेत्री निर्दोष (सागर)
सुदुरपश्चिम दार्चुला
हाल: मलेसिया

दिलाइ दिनेछु बाँच्नेलाई भरहरु
मलाई देउ एकचोटि अवसरहरु

यो बस्तीमा हुर्कदैछन बच्चाहरु
जादा , लैजानुहोस न रहरहरु

तिमी नफर्कने बाचा कसरी गर्छौ
नदिलाई पर्खिएका छन् बगरहरु

तिमी सजिलै जीवन माग्छौ ?
कस्ता, कस्ता छन् ! सफरहरु

तिमीले छोडेकोमा शुभकामना छ
तिम्रा पाइलाले चुमुन शिखरहरु
– केशव किरण
सुर्खेत

जसरी हुदैन अर्थ त्यो फुल डाली बाट झरे पछि।
जिन्दगी पनि लाग्दैन जिन्दगी, आत्मा मरे पछि।

तिमी बिना बाँच्दिन ‘राजा’ भन्थेउ नाटक रहेछ,
अब के अर्थ रह्यो, तिमीले अन्तै डेरा सरे पछि।

म त मान्छे हुँ नि हजुर, यहाँ जनावरले त अन्तै-
बसाई सरेर जान्छ जब रुखो ब्यवहार गरे पछि।

मायामा विश्वासको सागर तर्ने पागल प्रेमी हुँ म,
नेता होइन भुल्नलाई ति लाठ्ठी खोला तरे पछि।

हाम्रो सपनाहरु बोकेर अझै जिवन संघर्ष गर्दैछु,
छोडी गयौ तिमी त, स्वार्थको भण्डार भरे पछि।
– सुर्जित खेङ्योङ्ग
पश्चिम सिक्किम, भारत

जनता आफैंले शासन चलाउने दिन पक्कै आउँछ
भ्रष्टाचारीहरुको फेदै ढलाउने दिन पक्कै आउँछ

देश बिगार्नेको घमण्डलाई तोड्न सक्ने हो भने
शोषकको शिर पाउ गलाउने दिन पक्कै आउँछ।

झुठो सपना बाडेर जनता भाड्नेहरुलाई लखेटौं,
सामन्तीको चुरिफुरी जलाउने दिन पक्कै आउँछ।

सुखी र समृद्धिको इतिहास कोर्न उठौं नेपालीहरु,
गरिबीको चुलो पनि बलाउने दिन पक्कै आउँछ।

राष्ट्रका खलनायकहरुलाई छानछानी पछारे पछि,
विकासको फल फलाउने दिन पक्कै आउँछ।
– भोज विवश मगर
गैंडाकोट-३, ढोडेनी नवलपरासी पुर्व

दर्पण नियाली बस्तै छु
आफ्नै धुनमा मस्तै छु ।

छाती तस्विर टाँस्दै म
कल्पनामा म ब्यस्तै छु ।

मुहार उनको नदेख्दा
पागल प्रेमी जस्तै छु ।

प्याज टमाटर छ दुर्लभ
आखिर मै पो सस्तै छु ।

छोराछोरी छन् विदेश
यता हात पाउ घस्तै छु ।
– किरण “अन्जान”
विराटनगर

बाले खुब मिहिनेत गरेको सम्झेर
आमाको आँखाहरू रोएको सम्झेर

खाडीमा गएरै रमाउनु छ” मैलेपनि
कर्जामा जमिन धितो राखेको सम्झेर

अब समय सँग मात्र दुश्मनी लिने छु”
छिमेकीले तिखा वचन घोचेको सम्झेर

प्रियाका तस्बिरहरू आँखामा आउँछन्
एउटा सपनाको जहाज उडेको सम्झेर

आमा सम्झिन्छु घर परिवार सम्झिन्छु
दुश्मनहरू छन् आँखामा बसेको सम्झेर
– खेमराज अविरल
सुदुरपश्चिम अछाम

आफ्नो सम्झ या पराई तिम्रो खुसी!
जे सम्झेनी हुन्छ मलाई तिम्रो खुसी!

म हरदम तयार नै छु सबथोक दिन!
मागेहुन्छ प्रिय नलजाई तिम्रो खुसी!

यदि खरिद गर्नुपरे त्यो पनि गरौंला!
यो ज्यानकै बाजी लगाई तिम्रो खुसी!

खुल्ला आकाशमा उड्ने पन्छी हुँ म!
चाहे राख्नु बन्दी बनाई तिम्रो खुसी!

बस बिश्वासको एउटा पात्रो पल्टाउ!
गर्न सक्छौ रमाई रमाई तिम्रो खुसी!
– निरोज बस्नेत
झापा

छुटकारा मिलेन कहिले पनि हार बाट
हिन्नु पर्ने रैछ अघि आफनै बिचार बाट

पिडा बोकेर प्रदेश तिर हिन्न जरुरी थिएन
मिलेको भए केही सहयोग सरकार बाट

देशमै बसेर परिवार पाल्ने रहर हुँदा हुँदै
बन्चित भएको मान्छे परियो रोजगार बाट

सडक बिजुली बत्तीको त आसै छैन मलाई
घर चलाएको मान्छे हुँ हजुर सोलार बाट

जब जिताएर माथिल्लो सत्तामा पठाईयो
आउनु भएन फर्केर नेता ज्यु बजार बाट
– हुकुम पुन मगर
रुकुम पश्चिम

न हेर्‍यौ ,मलाई , नमान्यौ तिमीले
न फेर्‍यौ इरादा ,नजान्यौ तिमीले ।

अनौठो , बिहानी , अचम्मै ,निसानी
न बाड्यौ, लगानी ,न ठान्यौ तिमीले ।

बनेको छ बानी , वितृष्णा जवानी
न भेट्यौ,सुबाटो,न छान्यौ ,तिमीले ।

छ होला , मनैमा , नभेट्ने, मलाई
न सोची ,पछार्‍यौ, न तान्यौ तिमीले ।

बगेको छ पानी , यही जिन्दगानी
छुटायौ कहानी , न धान्यौ तिमीले ।
– प्रेम थापा “मन”
बागलुङ

म खोज्दै हिँडेकी कथा जिन्दगीको
दुखेको छ आत्मा रुँदा जिन्दगीको

भयो सोंच अर्कै गरौँ काम भन्ने
बुझेको छु मैले कला जिन्दगीको

उकालो छ बाटो गलेको छ खुट्टा
गरेको छु यात्रा कडा जिन्दगीको

अँध्यारो भएको छ मेरो अनुहार
तिमी देख्छु भिन्नै फिका जिन्दगीको

गुजारा चले पो नबोकेर भारी
भयो ज्यान आफ्नो गधा जिन्दगीको
– तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

अधिकार उसले खोज्दै करायो।
वैरी छ त्यहाँ आफैँ डरायो।

थुनेर डोकोमा राख्छु मैले ,
बस्दैन भन्थी तेरो खरायो।

भन्थ्याे फलाउँछु जाेतेर अन्न,
फर्केन कहिल्यै आफैँ हरायो ।

घरबार छाेड्याे त्यागेर धर्म,
आएर घरमा पूजा गरायो।

खोजेर उसले लाैराे र भाटा,
मार्दै छ निर्धाे घाेरल जरायो।
– डिल्ली राज घिमिरे
भुमिकास्थान-९, अर्घाखाँची

जल्ने जलेरै मरुन,घाउ मलाई देऊ।
खाटो बस्न हुदैन,सम्झेर चलाई देऊ।

हेर्न सक्दैनन् मित्र,शिखरमा म चढेको,
मैले टेकेको धर्ती,बर्षेर गलाई देऊ।

सहन सकुँ म पीडा, निलकण्ठ बनेर,
बिन्ती दिएर शक्ति,दुश्मन जलाई देऊ।

चाहिन्न अरुलाई झैँ, सुखै सुख मलाई,
चाँहिदैन साम्राज्य,स्वार्थको ढलाई देऊ।

अरुको सुख हेरेर, जल्न परेको छैन,
जलेर मै मरौंला, एउटा सलाई देऊ।
– चिरञ्जीवी ढकाल
नेपालगन्ज-२०, राँझा एयरपोर्ट, बाँके

कोपिला फक्रिएर फूल बन्यो अन्तमा झरेर गयो !
जन्मियो मान्छे कमायो रमायो आखिर मरेर गयो !!

सन्तोष लिनु पर्ने थियो त्यो ईमान्दारीको कमाईमा,
पापी मन, अर्काको धनसम्पतिमा आँखा तरेर गयो !

बाँडीचुँडी खाउँ मिलिजुली बसौं भन्ने भावना हराई,
आफ्नै ईष्टमित्र, साथीभाईहरुसँग परपर सरेर गयो !

नैतिकता र मानवता हराए पछि के नै लाग्यो र खै,
अरुको पेट जेसुकै होस् मात्र आफ्नै पेट भरेर गयो !

मरे पछि पनि अमर हुनुपर्छ भन्ने मान्यता हो तर,
बाँचुन्जेल जिन्दगीमा सबैसँग दुश्मनी गरेर गयो !
– रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची
हाल: बुटवल, रुपन्देही, नेपाल

मुखमा राम बगलिमा चै छुरा धसेको दिन !!
हार्दिनै पर्यो आफ्नाले कम्मर कसेको दिन !!

प्रहारको चोटमा पनि खुसी हुनुपर्छ मैले
उसैको सफलता माग्थे तारा खसेको दिन !!

इतिश्री गुमाएर प्रेमको अपुष्ट परिभाषामा
भन्देउ के प्राप्त गर्छौ जिन्दगी फसेको दिन !!

आफु मात्र दुख्छु कस्तो भ्रम हो मान्छेमा
रमिते बन्छन कोइ छट्पटीमा बसेको दिन !!

बेस्सरी सुसाएको थियो एक मौन आवाज
आशुका भेल नयन हुदै मनमा पसेको दिन !!
– रादेश आचार्य

मानिसको व्यपार सुनको तस्कर हुन्छ,
थोंत्रा बस जिन्दगी पहिरोको भर हुन्छ।

चियाको पसलमा समेत पाइन्छ रक्सी,
हरेक मान्छेलाई चमत्कारकै रहर हुन्छ।

काम गर्छन् निमेक लिनलाई शंघर्ष गर्दा
ज्यान जान्छ उनैको गुमनाम डगर हुन्छ।

जिवन भरी काम गरे देशभित्र आर्काको,
न शिक्षा न शुरक्षा न ओटलाग्ने घर हुन्छ।

जो यो देश र जनताकै लागी सहीद भयो,
ऊ वेनाम हुन्छ बरू जंड्या नै अंमर हुन्छ।
– सुरेशकुमार पाण्डे
दाङ घोराही १८

आँधीवेरी हुरी जस्तै चल्न सिकें मैले
चिताको राख सरी नै जल्न सिकें मैले

रम्छु अचेल बाढी पहिरो झरी वर्षासँग
सागरको छालसित बहल्न सिकें मैले

प्रेममा निराश भयो मन जहिलेदेखी
तब खुशीहरु सित छल्न सिकें मैले

समयले दुर्भाग्यको रंग देखाए पछि
मनको रहरहरु बदल्न सिकें मैले

यात्रा थियोे अनिश्चित सफर गर्नैपर्ने
ठोकर खाँदै आज सँभल्न सिकें मैले ।
– दिपक पनेरु
सागरनाथ, सर्लाही

तिम्रो ती यादहरु पोको पारी जलाई दिन मन छ
मेरो जस्तै पीडा तिम्रो मनमा चलाई दिन मन छ

मलाई एकलो पारी धेरै टाढा टाढा गयो तिमी
तिम्रो मायाको बिरुवा फेदैमा ढलाई दिन मन छ

तिम्रो चरित्र हत्या गर्न खोजेको हैन मैले पढि सकेको छु
यहीँ मायाको निसानीमा जीवन गलाई दिन मन छ

माया प्रेममा सबै कुरा सहनु पर्छ रे मिलन र बिछोट
ओइलिएको फूलमा बिहानी पख पलाई दिन मन छ

तिमी डोलीमा सोर श्रीङ्गारले सजिएर गएको दिन
उपहार मेरो लास सलकाउन सलाई दिन मन छ
– श्याम कुमार श्रेष्ठ
कमल-४, झापा
हाल: काठमाडौं

चाहेर पनि तिमीलाई आफ्नो बनाउन सकिएन
भाग्यमा नै रहेन्छ क्यारे !आज पाउन सकिएन

दोबाटोमा भेट्दा सोध्दै थियो कस्तो छ भनी
कुल्चिएको दाग मुटुमा थ्यो देखाउन सकिएन

सयौं जुनि सँगै जिउने अनि मर्ने बाचा गर्दा पनि
तिम्रो नाउँको सिन्दुर शिरमा सजाउन सकिएन

तिम्रो लागी ज्यान हाजिर छ भन्नेले छोडेपछि
रेटिएर आफ्नै शरीर रगत बगाउन सकिएन

छुटेपछि सम्बन्ध प्राण त्याग समेत मन लाग्ने
रुवाएर जन्मादाता दुनियाँलाई हसाउन सकिएन
– आरुष्का तामाङ “आरुषी”
ओखलढुङ्गा
हाल: काठमाडौं

गजल

सबैले भन्छन् नेपालमा बसेर केही प्रगति हुँदैन
विदेशबाट घर फर्के पनि त घरमा श्रीमती हुँदैन

अरबको पैसाले सुनको सिरानी किन्न सकिएला
तर मीठो निद्रा किन्ने कोही पनि अरबपति हुँदैन

बिमारी बोक्ने महङ्गा गाडी छन् तिम्रो शहरमा
मेरो दुर्गम गाउँमा डाक्टर हुँदैन न ओखती हुँदैन

आमाले दिएको माया र बुवाले दिएको संस्कार
जोगाउने हो भने कसैको पनि बेइज्जती हुँदैन

प्रेमिका गुमाएको छु मैले चोखो माया गर्दा पनि
किनकि सबैको भाग्यमा लेखिएको पिरती हुँदैन
– गणेश बिष्ट बर्षात

तिमी सँगै चोखो प्यार लाउन पाए हुन्थ्यो
तिमी तिरै सधैं भरी धाउन पाए हुन्थ्यो

पिरतिमा जसरि जित गराउनु छ अब मैले
मायाको सानो छानो छाउन पाए हुन्थ्यो

सोचेका हर कुरा पूरा हुन्छ हुन्न थाहा छैन
तिम्रो जवानीको गित गाउन पाए हुन्थ्यो

कहिले काहीँ बोल्दै जादा गल्ती बोले होला
त्यही गल्तिलाइ फेरि सच्याउन पाए हुन्थ्यो

तिम्रो मेरो माया मा बाधा आउने छैन
पिरतिको दुई मुटुलाइ दाउन पाए हुन्थ्यो
– मन्दिरा खड्का
रामेछाप

दामन एफएम ९०.८ मेगाहर्ज, नयाँगाउँबाट, रेडियो रामेछाप ९५.८ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट, रेडियो भरोसा, हेटौडाबाट, बिट्स एफएम ९७.७ मेगाहर्ज,, सिन्धुलीबाट, रेडियो पालुङ्ग १०७.२ मेगाहर्ज, पालुङ्गबाट, रेडियो तिफदी ९९.१ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट र दुधौली एफएम ९७.२ मेगाहज, सिन्धुलीबाट एकै साथ प्रसारण हुनेछ। तपाईंले यस कार्यक्रम हरेक हप्ताको शनिबार रातको ९ः१५ देखि १० बजेसम्म विभिन्न रेडियो स्टेशनबाट रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरु सुन्न सक्नु हुनेछ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो