Smoking Causes Cancer

कविता: दमयन्ती



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

मलाई आज समयले बोलाएको हो
त्यो विषम परिस्थितिले
आफ्नो गोरेटोमा हिँडाएको हो
र म हिँडेको हुँ
त्यही समय र परिस्थितिको
एउटा दास बनेर

दमयन्ती
तिमी तिम्रो सत्मार्गमा हिँडिरहेकी छौ
जिन्दगीको
उकाली ओराली गर्दै
लेक, बेसी, भिरपाखा, खोला र नदीहरू
तिमीलाई हेरिरहेका छन्
त्यो शीतल वर पिपलको चौतारीमा
म पवन बनेर
तिमीलाई शीतलता दिइरहेको छु
बस तिमी जाऊ
तिम्रो कर्तव्यको बाटो हुँदै
तिम्रो गन्तव्यमा

जहाँ
तिमी र तिम्रो मनको आँगनमा
माया, प्रेम र ममताको
सुन्दर पुष्प बनेर फुलिरेको हुनेछु
गुलाफ बनेर मुस्कुराउने छु
चमेली र मालतीझैँ
मगमग सुवास छरिरहेको हुने छु
केवल
तिम्रो खुसीको लागि

सिंचाई
Forest
Ad.

यदी अर्को जन्म सत्य हो भने
अर्को जन्ममा
उही
चेदी, खोला, सरोवर र जङ्गलको बाटो हुँदै
फेरि तिम्रो नल बनेर आउने छु
जहाँ
भोलि तिमी र म
जिन्दगीको नयाँ यात्रा सुरु गर्ने छौँ

हाँस्ने छौँ
खुसीले रमाउने छौँ
माया अनि पिरती साट्दै
एक अनुपम
नयाँ जिन्दगी बाँच्ने छौँ !!

– आर्त अकुलीन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो