Smoking Causes Cancer

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा संकलित केही मुक्तकहरू



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जून तारा साहित्य समाजद्वारा संकलित केही मुक्तककारहरुका मुक्तकहरू यहाँ प्रस्तुत गरिएको छ:

यो जिब्रोले तिमी मात्र पुकारेको धेरै भयो
सपनाको महल जोड्दै उधारेको धेरै भयो
थाहा छैन नाम लेख्या छ कि छैन ललाटमा
तर पनि मनमुटु चाँहि उफारेको धेरै भयो।
– लक्ष्मी स्मृति
विराटनगर-५

फिर्ता लैजाउ तिम्रा याद हरु नफर्किने गरि
छिनमै आइदिन्छन के गरु नफर्किने गरि
खुसि त तिमी अरु संगै भएकी थियौ
अब उसै सङ्ग गै जाउ बरु नफर्किने गरि।।
– धड्कन जैशी
अछाम

सिंचाई
Forest
Ad.

माया बस्यो एकैक्षणको भेटमा मैले बाटो छेकेपछि
विश्वले नै थाहा पाई सकेछ प्रीतिको गीत लेखेपछि
नदीको दुई किनारा भयौँ हामी नियतिको मारमा परेर
बढ़्दछ धड्कन मुटुको सपनीमा उनलाई देखेपछि ।
– राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ

जुनतारा जहाँ तिम्रो सुन्दर नाम हुनेछ
पक्कै पनि त्यहाँ उज्यालो घाम हुनेछ
अग्रज अनुज दुबैलाई हौसला दिदै जानु,
साहित्य यात्रामा सिर्जनाको लाम हुनेछ।
– भोज विवश मगर
गैंडाकोट-३, ढोडेनी नवलपरासी पुर्व

केभो खै तिम्रै यादले होकि तन दुख्छ कुटुकुटु
छाति भित्र भत्भती पोल्छ र थरथाउँछ सधै मुटु
जवानिकै असर हो कि कुनै रोगले छोयो कुन्नि ?
चिन्ताको बिषय बन्यो, तिमिबाट कसरि म छुटु !
– रवि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची 

समस्याको पर्खाल ढाल्न गाह्रो रहेछ
सफलताको जग बसाल्न गाह्रो रहेछ
आम्दानीका स्रोत नभएका गरीबलाई
अभावहरूको मुख टाल्न गाह्रो रहेछ
– प्रजित कुँवर

Awareness by SKF

तिम्रो अङ्ग अङ्गमा मेरो जवानिको रङ्ग भर्न मन छ
मध्य रातमा मलाई यौवनको सागर तर्न मन छ
मैले छुने बितिक्कै काउकुति लाग्यो भन्छौ तिमी
तर मलाई तिम्रो शिर देखि पाऊ सम्म चर्न मन छ
– नवीन लिम्बु
पाँचथर

आफूलाई महान नै ठान्छन् लफाङ्गाहरू
झुटा बाहाना देखाई जान्छन् लफाङ्गाहरू
मानवताको अर्थ आफै नबुझि अरूलाई
कुन शिक्षा दिन चाहान्छन लफाङ्गाहरू
– उमेश विश्वकर्मा सागर
नरहरिनाथ गाउँपालिका, कालिकोट

लाउँछ अचेल अर्ती पनि ओखती जस्तो
अन्जान मै बिग्रनै , लागेको मती जस्तो
यहाँ हरेक दिन दु:खमा आँसु बग्नु पर्ने
जस्तो कि जान बनाइएको सती जस्तो
– हिमा आर.सी.
मेहेलकुना, सुर्खेत

आशा लागेर आउँछ बिश्वास लागेर आउँछ
गरिबको घरमा सधै आभास लागेर आउँछ
जीवन भरको मिहिनेत राता रात सकिएपछि
आँखामा आशु मनमा पीर खास लागेर आउँछ
– अनुप जोशी
बैतडी पञ्चेश्वर

ति नसालु नजरले प्रहार गरेर।
किनबेचको बजार विस्तार गरेर।
त्यही सोध्न मन् थियो तिमीलाई,
कति कमायौ यौवनको व्यापार गरेर
– प्रियसी योगेन्द्र क्षेत्री
सुनिल स्मृति-७, रोल्पा

हृदयमा बनेको छ घाउ,फरक पर्दैन
टाढा बनेका छन् आमा बाउ,फरक पर्दैन
यसरी तड्पी तड्पी बाँच्नु छैन मलाई
आउ शरीरमा आगो लगाउ,फरक पर्दैन ।
– सञ्जीवराज जोशी विवश

खुसी हराएर चकनाचुर बनेको
अझै सम्म छैन म भरपुर बनेको
न सरकार देख्छ न समाज देख्छ
एक सफल युवा मजदुर बनेको
– राजेश क्षेत्री निर्दोष
सुदुरपश्चिम दार्चुला

सल्लाह हुँदैन कहिल्यै छलफल हुँदैन
समस्या परेको बेला बखत हल हुँदैन
दिक्क लाग्न थाल्छ जिन्दगी देखेर नी
जाे – जसकाे दरिलो आत्मबल हुँदैन ।
– सूर्य गिरी
पाेखरा

बनाउला भन्थ्यो एउटै मन छोडेर गयौ
हेरेकी रहिछौ तिमीले धन छोडेर गयौ
महिनौ सम्म यो काखमा रमाएर निष्ठुरीले
छोड्दिन भनेर आजिवन छोडेर गयौ
– ठाँटीकाध ३ दैलेख

फेरि पनि मेरो याद अाउन,सक्छ
घरिघरि सपनी मा सताउन,सक्छ
ऐ” निष्टुरी एउटा तस्बिर लिएर जाउ
मेरो रोएको तस्बिरले तिम्लाई हसाउन,सक्छ
– निरोज भट्टराई
नुवाकोट तार्केश्वर ४ नेवारपानी

ठेगाना उल्लेख नभएको, खाम भयो जीन्दगी ।
पारिलाे पुस माघकाे , घाम भयो जीन्दगी ।।
झुटकाे खेतिगरि तिम्ले पाे महल उभ्याैँ
हेरन मत साचो बाेल्दानी बदनाम भयो जीन्दगी ।।।
– किरण कुलुङ राई
मकालु – ६ डाडागाउ संखुवासभा

वृद्ध बुवाले हलो जोत्नु पर्ने बाध्यता छ यहाँ
वृद्ध आमाले घर पोत्नु पर्ने बाध्यता छ यहाँ
विडम्बना! बुहारीहरु शहर झर्ने प्रवृत्तिले नै
चुहिने झुपडी मै ओत्नु पर्ने बाध्यता छ यहाँ
– सम्झना थापा मगर
स्याङ्जा

दु:ख पिडा बिसाउने चौतारी खोज्दै छु
त्यसैले त यो मनको दौतारी खोज्दै छु
पाउन सकेको छैन अहिले सम्म खुशी
मिल्छ कि कहिँ भनी भौतारी खोज्दै छु
– लाल सिंह
नवलपुर, नवलपरासी

भमरा बनि तिम्रै वरिपरी डुल्न मन लाग्छ
जस्तोकी पानीमा चिनी झैं घुल्न मन लाग्छ
त्यो मनमा खै कसले राज गरि बसेको होला
मलाई तिम्रै मनको मझेरीमा फुल्न मन लाग्छ
– असफल यात्री श्याम कुमार श्रेष्ठ
दमक, झापा

मनोमानी भयो तिम्रो खटन ठिक लागेन
गर्न सकेनौं मायाको जतन ठिक लागेन
सोचेको थिए सधैं लाई स्थिर रहला भनी
हतारमा तिमीले फेरिदियौ मन ठिक लागेन
– मन्दिरा खड्का
रामेछाप

वेगले चल्यो बतास र पात हल्लियो यस्तै भयो।
पाइला अघि बढेनन् खुट्टा लर्बरियो यस्तै भयो।
तिमी कसैको अभावले रुन नि नपरोस् है सानू
मेरो तिम्रो अभावले जीवन सकियो यस्तै भयो।
– उमेश खत्री
केपिलास गढी गा.पा4 बाक्सिला खोटाङ

जूनपनि अँध्यारो लाग्छ तिमी नहुँदा
धुन पनि पट्यारो लाग्छ तिमी नहुँदा
पल पल तिर्सनमा चपाएर कति बाच्नु
हरेक पल अप्ठ्यारो लाग्छ तिमी नहुँदा।
– रोहिणी रसिक

सधैंभरि अंगालोमा बेर्नुपर्छ भन्दीनँ म
दुरि टाढा हुदैमा माया मर्छ भन्दीनँ म
हरक्षण सम्झिदिए पुग्छ बिर्सनु भएन
तिमीबिना यो जिन्दगी बेकार छ भन्दिनँ म
– रमेश पौडेल
कुशे-८, जाजरकोट

सधैं मुटु दुखिरहन्छ हेर्दा कुनै घाउ छैन
बारम्बार आँसु झरिरहन्छ कुनै भाउ छैन
मायाको पनि व्यापार हुँदोरहेछ दुनियाँमा
बगिरहन्छ पीडा तर्न कुनै यहाँ नाउ छैन
– सुशील वियोगी घायल

हेर्नुस् आफ्नोपन र मानवता हराएको छ समाजमा
बलात्कार अपराध र हत्या मौलाएको छ समाजमा
देशमा कानुन भएर पनि पीडितले न्याय पाउदैनन्
पैसा र पावरमा दोषीलाई लुकाएको छ समाजमा
– गणेश बिष्ट बर्सात

थोरै दिनको जिन्दगीमा धेरै सुवास छर्नु छ
एक्लै जन्मेको मान्छे एकलै समुद्र तर्नु छ
हुन त छ हे माया प्रेम दुनियाँ सँग के गर्नु
एकदिन सबै नातागोता छोडेर एक्लै मर्नु छ
– सुरेन्द्र बिष्ट
बझाङ्ग

जस्तो भएपनि आमाले खुवाएकाे आटाे प्याराे लाग्छ
सत् मार्ग दर्शनमा चलाउने कर्मकाे पाटाे प्याराे लाग्छ
जतासुकै गएपनि झल्को आइरहन्छ मलाई बारम्बार
मलाई मेरै जन्म भूमि गाउँ ठाउँको बाटाे प्याराे लाग्छ ।।
– केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम

न मृत्युले पर्खिन्छ न त समयले दिन आयो भने
मान्छेलाई लगेर जान्छ प्रलयले दिन आयो भने
दुःख पीडा मनभित्र लुकाई शोकमा भएको बेला
उत्सव मनाउँछन् कतिपयले दिन आयो भने
– गणेश बिष्ट बर्सात

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो