Smoking Causes Cancer

Awareness Campaign

लघुकथा: कसरी?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

– नारायण कोइराला 

म आकाशमा उड्दै थिए। उडाउने अर्कै थियो। म भने फुर्सतमा थिए।मन र मस्तिष्कले  रमाइलो गर्न खोजेको बुझे।गर्ने की नगर्ने? फेरि सोचें। उडान हो। कतै मृत्यु पो आउने हो की?सोच्दै थिए।पेट दुखे झै भयो। रात थियो। कोपरा छ? भनेर हसाउँन बुढी र म सगै छैनौं।फेरि  सोचें। जहाजमै केही दान गर्छु। जहाजको चर्पीमा  पसेँ।एकछिन जिल्लाराम परे।बानी नपरेको हुँदा मलाई दान गर्न महाभारत भएको थियो।

जिज्ञासा राख्ने कुरो पनि भएन। जसोतसो दान गरी बाहिर निस्किए। जहाजको दुकानमा चिया आयो।एक कप पिएपछि पेट तातियो। अरु केही किनमेल गर्ने  मन थिएन। किनकि एक अगालो माया घरमैं छोडेर आएको थिएँ।जहाजमा भ्रमण गरेपनि कैदी जस्तै अवस्था थियो। ढुंगाको मन भएको बेलामा बाँसुरीको धुनको के काम।पिउनेहरू नयाँ बोतल खोल्दै, खुसीमा थिए। पदयात्रा भएपो कहिले के हुन्छ भनेर दिमाख खियाँउनु पर्थ्यो।

सिंचाई
Forest
Ad.

बन्दकोठामा ईश्वर संग  केही नहोस् भन्दै प्रार्थना गर्दैथिए। आकाशमा उड्दा डरले पनि जिस्काउँदै थियो।

घरमा जस्तो लैनो भैंसी हुने कुरो भएन। कालो चिया फेरि मगाए।  मस्त संग रम्न थाले। म आफै अचम्मित  भए। अच्चमित हुनुको पनि कारण छ।

“यी सबै वाक्य दीपक र दीपकहरु लघुकथा संग्रह पढ्दा पढ्दै  मेरो दिमाखमा कसरी आए?”

– नारायण कोइराला
तानसेन, पाल्पा

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो