Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा खेतीयोग्य जमिन बाँझो राखे कर तिर्नुपर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले खेतीयोग्य जमिन उर्बर भुमी बाँझो राख्न नपाउने नीति बनाएको छ। नगरपालिकाले त्यस्ता जग्गा बाँझो राखे बापत नगरपालिकाले तोकेको शुल्क मालपोत बाहेक थप दस्तुर बुझाउनुपर्ने भएको छ।

आईतबार दोश्रो नगरसभाको चौँधौँ अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख जीवन खरेलले नगर भित्रका उर्वर भूमी बाँझो राखे कर बुझाउनुपर्ने बताउनुभयो।

यो पनि हेर्नुहोस्: मुसिकोट नगरपालिकाको बजेट ६६ करोड ५७ लाख (पूर्णपाठ सहित)

सिंचाई
Forest
Ad.

त्यस्तै मुसिकोटले नगरपालिकाले नै खेतीयोग्य जमिन भाडामा लिने र खेतीगर्न ईच्छुक भएर पनि जमिन अभाव भएका व्यक्तिहरुलाई सहुलियत भाडामा प्रदान गर्ने नीति लिएको छ।

“नीति तथा कार्यक्रममा भनिएको छ : कम्तीमा १ हेक्टर (२० रोपनी) भन्दा बढी क्षेत्रफलको उब्जाउ र खेतीयोग्य जमिन नगरपालिकालाई भाडामा कम्तिमा २० वर्षसम्मको अवधीलाई दिन चाहानेहरुका त्यस्ता जमिन नगरपालिकाले लिजमा लिई खेती गर्न ईच्छुक तर जमिनको अभाव भएका व्यक्ति समूह सहकारी या नीजि फर्मलाई सहुलियत दरमा भाडा तोकी जग्गा उपलब्ध गराउन सकिने गरी व्यवस्था मिलाईने छ ।”

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो