सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६६ करोड ५७ लाख १२ हजार ८ सय ९६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको दोश्रो नगरसभाको चौधौँ अधिवेशनमा नगर उपप्रमुख गंगा श्रेष्ठले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र नगरपालिकाको अनुमानित आम्दानी, राजश्व बाँडफाँड लगायतको आधारमा बजेट सार्वजनिक गर्नुभएको हो।
नगरपालिकाले आगामी आर्थिक वर्षमा राजश्व बाँडफाँडबाट १५ करोड २३ लाख ४८ हजार ८ सय ९६ रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै आम्दानी तर्फ नै संघिय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान सहित कुल ४७ करोड ९७ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड ३६ लाख ६४ हजार रुपैयाँ रहेको छ।
त्यस्तै अनुमानित आय व्यय मध्ये खर्च तर्फ चालु खर्च ४५ करोड १ लाख ८९ हजार रुपैयाँ र पुँजीगत खर्च तर्फ २१ करोड ५५ लाख २३ हजार ८ सय ९३ रुपैयाँ रहेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु खर्चतर्फ ४४ करोड २१ लाख ४० हजार र पुँजीगत तर्फ २३ करोड ९० लाख ७८ हजार विनियोजन गरेको छ।
बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।
नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |