Smoking Causes Cancer

Awareness Campaign

कार्यक्रम ‘मनभित्र गुम्सिएका भावनाहरु’ मा वाचन गरिएका मुक्तकहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

दुःख होस् या सुख साथ कहिले नछोड्नु है सानु
अरू केही चाँहिदैन त्यो मन अन्त नजोड्नु है सानु
आजकाल दुई मुटु एक धड्कन भए पछि हेर
जीवन तिमीलाई नै सुम्पिए विश्वास नतोड्नु है सानु
– श्याम कुमार श्रेष्ठ

मनोमानी भयो तिम्रो खटन ठिक लागेन
गर्न सकेनौं मायाको जतन ठिक लागेन
सोचेको थिएँ सधैंलाई स्थिर रहला भनी
हतारमा तिमीले फेरिदियौ मन ठिक लागेन
– मन्दिरा खड्का
रामेछाप

मलाई तिम्रो मायाको आश बारबार हुनेछ
जबसम्म पाउँदैन तबसम्म लगातार हुनेछ
यदि तिमी म बाहेक अरु कसैको भएपछि
मबाट नै तिम्रो खोजी रफ्तार हुनेछ
– राज समर्पण (सल्यान)

सिंचाई
Forest
Ad.

यो माया प्रेम पनि अचेल बिकाउ जस्तो लाग्छ॥
पसलमा पाइने गुडियाको भाउ जस्तो लाग्छ॥
खुलेआम किनबेच भैरहदा मायाँ तिम्रो सहरमा॥
दिलको ढोकामा ताल्चा लगाउ जस्तो लाग्छ॥
-हरिश विसी
नवदुर्गाका-२, सुदुर पश्चिम डडेल्धुरा

कतै दलाली भेटिन्छ्न त कतै चोर भेटिन्छन्
रत्ति पनि दया, माया नभएका कठोर भेटिन्छन्
विरक्त लाग्छ, यस्तो देख्दा जताकतै मान्छेहरु
कोही अर्कैको माया,मोहमा बिभोर भेटिन्छन् ।।
– रिता खराल
रुपन्देही

देश द्रोही हरूको घाँटिमा छुरा चलाई युद्ध गर्नुछ
विर गोर्खालीको साहस गौरव देखाई युद्ध गर्नुछ
देशभित्र रहेका दलाली भ्रष्टाचारी हरूका निम्ति
कलमलाई बलियो हतियार ~बनाई युद्ध गर्नुछ
– राजेश क्षेत्री निर्दोष
दार्चुला

अञ्जुली भरि फूल लिएर तिम्रो स्वागतमा आएँ
तिमी परिवर्तन भएको कुरा बल्ल त थाह पाएँ
घमण्ड नगर सानू ढिलो चाडो मात्र अवस्य मरिन्छ
मान्छे चिनेर माया लाउँछु भनेर मीठो कसम खाएँ!!
– अम्बिका अधिकारी
झापा विर्तामोड

Awareness by SKF

कति दिन दिवालाई नै ढाँट्छ्याै , सत्य सपनीलााई थाहा छ
तिमीसँग बिताएका पलपल,पाेखरा या ककनीलाई थाहा छ
अहिले झुटकाे खेती गरेर दुनियाँसामु मेराे बदनामी फुक्छ्याै
जत्तिसुकै नकार , वास्तविक तिम्रै मुटु र धमनीलाई थाहा छ।।
– गणेश तिमल्सिना गति
धनुषा

स्वइच्छाले हामी हाँस्न रुन सकेनाै
सामीप्य भएर तनमन धुन सकेनाै ,
देखासिकि पराईकाे ईशारामा भूल्याै
कहिल्यै आफू आफ्नालागी हुन सकेनाै ।
– अम्बिकाप्रसाद सापकाेटा
दमक, झापा

अब बढाएर खुब चासो ऋण लिन पाइयोस्
गर्दै नगरिकन गुनासो ऋण लिन पाइयोस्
मलाई यस्तो बैंकको आवश्यकता परेको छ
जहाँ आँसु धितो राखी हाँसो ऋण लिन पाइयोस्

रुकुम पश्चिम्

जान्छु जान्छु भन्छौ मलाई छोडेर जाऊ !
तिमीले रोपेको गुलाफको फूल गोडेर जाऊ!!
तिमीलाई म खासै मन पर्दैन भने हेर प्रिया !
सधैं भरका लागि प्रेम कहानी तोडेर जाऊ!!
– बिकास ठकुल्ला विवश
ठेगाना बा ज गा पा ४ अछाम
हाल: प्रवास

मुक्तक :
===========================
मायाप्रेम भेटियो, साथी भेटियो, भेटियो आफन्त पनि
धेरै हिडियो गन्तव्य भेट्न तर कतै भेटिएन अन्त पनि
गन्तव्य त केवल मसानघाट सम्म हुँदोरैछ, जिन्दगीमा,
त्यसैले घमण्ड त गर तर हुनेछैनौ कहिल्यै जीवन्त पनि !
=============================
२०७९/१२/२३

मुक्तक
वर्तमानमा विगत सम्झिन्छ भन्दै आउँछन् कोही
नजरले नि आगो सल्किन्छ भन्दै आउँछन् कोही
भविष्यको चिन्ता छोडी व्यवहारमा रमाउँदा सधैँ
समर्पणले हृदय मच्चिन्छ भन्दै आउँछन् कोही

अम्बिका खरेल उप्रेती
विराटनगर

मुक्तक
सन्चो बिसन्चो दु:ख दर्द पीडा पिर देख्ने हैन
काम गर्ने पाखुरा बनाएनी जन्जिर देख्ने हैन
साहूकै दासता गर्दागर्दै यो ज्यान सुकिसक्यो!
जति बगाए पनि पसिना आखिर देख्ने हैन

पारस भट्ट (प्यासी) सुदुर पश्चिम बैतडी

मुक्तक १
तिमीबाट ओझेल पर्दा नरुनु है आमा
संसारबाट बसाइँ सर्दा नरुनु है आमा
घाम जून उदाउँदा त्यो मन जल्दो हो ,
आधारातमा तारा झर्दा नरुनु है आमा ।
वीर उदास तामाङ
लोखिम
सोलुखुम्बु

मुक्तक

बुझिनसक्नुकाे हुदाेरहेछ मान्छेकाे जात पनि
आफ्नाे ठानी नबढाउनु सहयोगकाे हात पनि
सापाटिलिदा एउटा कुरा दिनुपर्दा अर्को कुरा
बेला बेलामा देखाउने गर्छन् आफ्नाे औकात पनि

बिनोद खत्री आकाश
महालक्ष्मी न पा आरुबोट

“मुक्तक”
प्रिय रुन तिमीलाई मनभए,दिल खोलेर रून सक्छौ
तिम्रो आफ्नै परेली हो,कसैलाई नसोधी छुन सक्छौ
चोखो माया लाउने भए,म संगै रूनलाई आउने भए
अर्को जुनि भन्दिनँ म, यहि जुनिमा मेरो हुन सक्छौ।

पवित्रा चाम्लिङ
खोटाङ – ५
हाल – प्रवास।

मुक्तक
मानिस निमित्त हामी यस धरामा
धान राम्रो फल्दछ गहिरो गरामा
दिव्य आत्मालाई जगाउनु पर्दछ
बोटबिरुवा राम्रा हुने पात हरामा ।
कार्की डिबी माकुम
सुनवल, नवलपरासी

मुक्तक
हामीले पुज्ने ढुङ्गा भन्दा धेरै ठूला हुन्छन् बा आमा
आफ्ना छोराछोरीका मनका कुरा सुन्छन् बा आमा
जुन सन्तानको खुसिको लागी आफ्नो खुसीलाई विर्षे
आज तिनै सन्तानका कारण आश्रममा रुन्छन् बा आमा
✍️✍️✍️सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा

मुक्तक

प्रदुषण फैलियो वृक्षहरू लगाऊ रोकौ यसलाई,
समाजभित्र जन जनलाई जगाऊ रोकौ यसलाई।
नफालौ प्लास्टिक न उडाऊ धुलो र धुवाँ हामीले,
टालौ खाल्टाखुल्टी मच्छर भगाऊ रोकौ यसलाई।

सुरेशकुमार पान्डे।
दाङ घोराही १८

मुक्तक
नजिक भयौ गर्‍यौ प्यार के सोचेर
धोका दियौ फेरि उपहार के सोचेर
सीसा झैँ छ मुटु भन्ने थाहा पाएपछि
हिर्कायौ ढुङ्गाले बारम्बार के सोचेर ।।
पुष्प चयडा क्षेत्री
धनगढी 12 कैलाली

💐मुक्तक💐

केहि समय मै एकशताब्दी मैले जिएर आएँ
मनको कुना कुना फाटेको थियो मैले सीएर आएँ
जुन गुलाफलाई काँडाको डरले छोएको थिएनन्
त्यस गुलाफमा ओंठ राखी शीत मैले पीएर आएँ।

दिपक पनेरु
सागरनाथ,सर्लाही

जसै गरे नि सक्दिन रैछु अब नभईन्जेल, गल्न दिनुपर्छ!
मुर्खता गरेछु उ स्वयमलाई नभईन्जेल, छल्न दिनुपर्छ!!
बचाउने त आगोले जल्दै गरेका हरुलाई होनि महोदय,
रिसैले जल्नेहरुलाई त खरानी नभईन्जेल, जल्न दिनुपर्छ!!

प्रदिप चेपाङ ,गजुरी-२,धादिङ ।

मुक्तक
राखेको थिएँ नि बनाई आँखाकै नानी , के गर्नु ?
तोडेपछि साथ अनि गरेपछि बैमानी , के गर्नु ?
छ न लाई त छन थुप्रै प्रमाणपत्रहरू मसँग पनि
बनाएर सुत्छु सँधै यसैको सिरानी , के गर्नु ?

डि. पी. बास्तोला
इलाम

मुक्तक,
परदेशमै चल्दाचल्दै मेरो श्वास हरायो भने
माथि ईश्वरले नि मलाई चाडैं बोलायो भने
आमा मलाई सम्झी सम्झी धेरै न रुनु है,
यदि मेरो लास रातो बाकस भित्र आयो भने
✍️ आर के भण्डारी
बझाङ ,

मु्कत
सिन्दूर पाेते उसले चुरा किन्न सक्छ।
के के चाहिन्छ सबै पूरा किन्न सक्छ।
उसलाई कमजोर नसम्झनुस आमा
मेरा लागि धेरै थरिका कुरा किन्न सक्छ
नाम सावित्रा नेपाली सबु पारिजात
बागलुङ


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया