Salime Malika Krishi Farm

Awareness Campaign

जन्मदै बाङ्गो खुट्टा भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको गुल्मी जिल्ला अस्पताल तम्घासमा दुवै खुट्टा बाङ्गो रहेको एकजना बच्चाको उपचार सफल भएको छ। सामान्य विरामी हुदा पनि रिफर भएर बुटवल काठमाडौं जानुपर्ने अवस्थामा रहेका गुल्मेलीका लागि जिल्लामै हाडर्जोनीको सफल शल्यक्रिया भएपछि थप खुसी थपिएको छ।

जन्मजात दुवै खुट्टा बाङ्गो जन्मिएपछि ति बच्चाका बुवा रेसुङ्गा नगरपालिका-३, भाडागाउँका लक्ष्मण पाण्डे बच्चाको उपचारको लागि काठमाडौैैँ जाने तयारीमा थिए तर उनले एकपटक गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. प्रदिप सिवाकोटीलाई देखाउँने निधो गरेर त्यसै अनुसार पाण्डेले डा. शिवाकोटीलाई भेटेर बच्चाको अवस्थाको जानकारि गराए।

डा. शिवाकोटिले आफु जिल्लामा आएपछि यस्तो खालको बिरामि पहिलोपटक हेरेको बताए । उनले बच्चाको खुट्टो नर्मल बच्चाको जस्तो हुन केहि समय लाग्ने पाण्डेलाई जानकारी गराए र उपचार जिल्लामै सम्भव हुने कुरा पनि डा. शिवाकोटीले पाण्डेलाई गराए ।

सिंचाई
Forest
Ad.

उपचार जिल्लामै सम्भव हुने भएपछि पाण्डेले बच्चाको उपचारका लागि बुटवल काठमाडौं नगइ जिल्लामै गराउँने निधाे गरे।

त्यसपछि बच्चाको आमालाई एक महिना बच्चाको खुट्टाको व्यामकाे बिषयमा जानकारी गराउँदै एक महिना घरमै राख्न सिवाकोटीले सुझाव दिए । एक महिनापछि बच्चाको प्लास्टर राखिने र प्लास्टर ५ हप्तासम्म प्रत्येक हप्ता एक-एक वटा लगाउँने र ५ ओटा प्लास्टर लगाउँदा पनि बच्चाको खुट्टा नर्मल बच्चाको जस्तो नभए अपरेसन गरिने उनै डा शिवाकोटिले पाण्डेलाई जानकारी गराए।

यो पनि: अब गुल्मीमै हाडजोर्नीको विशेषज्ञ सेवा

पाचवटा प्लास्टर लगाउँदा पनि खुट्टाको नर्मल बच्चाको जस्तो नभए पछि अपरेसन गरिएकाे उनै डा. शिवाकोटीले बताए । बच्चाको पाँचवटा प्लास्टर र एउटा अपरेसन पछि बाङ्गाे खुट्टाे नर्मल बच्चाको जस्तो ठिक भएको उनै डा. शिवाकोटीले बताए।

Awareness by SKF

जिल्लाबाटै काठमाडौंबाट उपलब्ध हुने सेवा पाउँदा अत्यन्तै खुसि भएको उनै बच्चाका बुबा लक्ष्मण पाण्डेले बताए । उनले गुल्मी अपताल, रेसुङ्गा नगरपालिका र डाक्टरलाई धन्यवाद समेत व्यक्त गरे।

दिनमा सय जनाबढि हाडजोर्नीका बिरामी चेकजाँच गर्छन् डा. शिवाकोटी। उनले हप्तामा दुई दिन गरि १४ वटा अपरेसन गर्छन्। अझै एक दुई जना एमबिबिएस डाक्टर भएको खण्डमा धेरै सहज तरिकाले सेवा दिने डाक्टर सिवाकोटी बताउँछन्।

जिल्लामै विशेषज्ञ चिकित्सक नभएको समयमा रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो।

‘पहाडी अस्पतालमा डक्टरहरु पनि आउन नमान्ने भएकाले जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालेका थियौं’ हामीले साेचेजस्तै नागरिकले सेवा पाएकाे र लिएकोप्रती खुसी भएको नगरप्रमुख खिलध्वज पन्थीले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया