Salime Malika Krishi Farm

Awareness Campaign

अब गुल्मीमै हाडजोर्नीको विशेषज्ञ सेवा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रेसुङ्गा/रासस: गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेपछि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ।

हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो।

जिल्लाको इस्मा गाउँपालिका-२, हस्तिचौरकी लक्ष्मी बुढाथोकी हाडजोर्नीको उपचारका लागि पटकपटक पाल्पा पुगेको सम्झनुहुन्छ। छोराको उपचारका लागि आउनुभएकी लक्ष्मी गुल्मीबाटै उपचार भएपछि खुसी हुनुहुन्छ। “एकदमै खुसी लागको छ, हाडजोर्नी डाक्टर यही हुनुहुन्छ” उहाँले भन्नुभयो, “आफ्नै जिल्ला अस्पतालबाट उपचार पाउँदा धेरै सहज भयो।”

सिंचाई
Forest
Ad.

रेसुङ्गा नगरपालिका–१ तम्घासका महाशर्मा भण्डारीको बायाँ हातमा समस्या थियो । उहाँले यसअघि यस्तो समस्या हुँदा पटकपटक पाल्पा जानुपरेको सुनाउनुभयो । गुल्मीमै हाडजोर्नीका विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि भण्डारीले उपचारमा निकै राहत महसुस गर्नुभयो । “पहिले यस्तै समस्या हुँदा अन्यत्र जान्थेँ”, उहाँले भन्नुभयो, “हाडजोर्नीको सबै उपचार यही हुने भएपछि सबैलाई टेवा पुग्यो।”

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाट उपचारका लागि आउनुभएका गोपाल पाण्डे यसअघि हाडजोर्नीको निरन्तर जाँचका लागि पाल्पा धाउनुपरेको बताउनुहुन्छ । पाल्पा र बुटवलमा हुने उपचार तम्घासबाटै हुने भएपछि आफुहरुलाई निकै सहज भएको उहाँले बताउनुभयो । “अन्यत्र जाँदा धेरै खर्चिलो हुने र सहयोगीलाई गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “धेरै सहज भयो, समयको पनि बचत भयो।”

उहाँहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आउनुभएको छ। जसमा अधिकांश गुल्मेली र केही अर्घाखाँचीका बिरामीसमेत हुनुहुन्छ । प्रत्येक बुधबार हाडजोर्नीका बिरामीको शल्यक्रिया हुँदै आएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर प्रदीप शिवाकोटीले बताउनुभयो । “नगरपालिकाले प्रोत्साहन गरेपछि जनताले सेवा पाइरहेका छन्”, उहाँले भन्नुभयो, “हाडजोर्नीको समस्याको लागि अब बाहिर जानु पर्दैन् ।” थप उपकरणको आवश्यक परेको उहाँले बताउनुभएको छ।

गुल्मी अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या रहेको थियो। जसका कारण हाडजोर्नीको सेवा नहुँदा बिरामीलाई सास्ती भएपछि रेसुङ्गा नगरपालिकाले सहजीकरण गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो। सरकारले दिने तलब बराबर थप भत्ता दिएर विशेषज्ञ डाक्टर टिकाएपछि बिरामीलाई सहज भएको नगर प्रमुख पन्थीको भनाइ छ।

Awareness by SKF

“हाडजोर्नीको सामान्य समस्या हुँदा पनि पाल्पा जानुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “अहिले गुल्मीवासीले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाउनुभएको छ।” उहाँले थप विशेषज्ञ सेवा पनि उपलब्ध गराउन सहयोग गर्ने बताउनुभएको छ।” उहाँले थप विशेषज्ञ सेवा पनि उपलब्ध गराउन सहयोग गर्ने बताउनुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया