Awareness

होली विशेष मुक्तक लेखन प्रतियोगितामा सहभागी प्रतियोगीहरुका मुक्तकहरु

साहित्य

Place for ads

हिन्दू धर्मावलम्बीहरुको पर्व फागु पूर्णिमा अर्थात होलीको अवसरमा जूनतारा साहित्य समाजद्वारा होली विशेष मुक्तक लेखन प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा ५० जना प्रतियोगीहरुको सहभागिता रहेको थियो। सहभागी सम्पूर्णलाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ।

सहभागी मुक्तककारहरुका मुक्तकहरु निम्नानुसार रहेका छन्:

Get Vaccinated

होलीको बहानामा अनुहार बिगारी रङ्ग नलगाई दिनुहोला
जबर्जस्ती गरेर नै ती संवेदनशील अङ्ग नसमाई दिनुहोला
वर्ष दिनको चाडपर्व रमाइलो गर्नुपर्छ हामी सबैले मिलेर
फैलाएर विकृति गरेर समाजलाई भङ्ग नलडाई दिनुहोला
– गणेश विष्ट

छैन कत्ति यो मनमा हर्ष र उमङ्ग, रङ्ग नदल्नुहोला
घात प्रतिघात हुनेगरि अङ्ग-अङ्ग, रङ्ग नदल्नुहोला
लाग्छ अझै महामारीको समय सकिएको छैन मित्रहरू,
तसर्थ होली हो भन्दै जथाभावीसङ्ग,रङ्ग नदल्नुहोला।
– हिउँ खतिवडा
कमलबजार-७, अछाम

रिस रागको अन्त्य गरेर होली मनाऊँ
एकअर्कामा साथी बनेर होली मनाऊँ
दु:ख बाँड्दै सुख बाँड्दै,खुसीको साथमा,
पवित्र निश्चल रङ्गहरु दलेर होली मनाऊँ
– प्रदिप नेपाली
बिहादी-५, उराम,पर्वत

पाइलामा पाइला हातमा हात मिलाउँ हर्षले
रङ्गै रङ्गको होलि वर्ष र दिनको मनाउँ हर्सले
नखानु खाइ होलिको नाममा विकृति नफैलाइ
सुन हो साथी फलफूल,मिठास लड्डु खाउँ हर्षले
– पारस भट्ट ‘प्यासी’
मेलौली-२, बैतडी

Awareness by SKF

आएर कृष्ण राधालाई रङ्ग लगाए छन्
पलाँसका फुलहरु रङ्गाइ रङ्ग लगाए छन्
उहिल्यै देखि चलिआए छ होली परम्परा
जब हाँस्दै खेल्दै जिस्काइ रङ्ग लगाए छन् ।
– अमर अमृत घरडी
डिलाशैनी, बैतडी

हेर्ने वाह भन्दै औधी नै दंग होस् अनि पो होलीको मज्जा
आफ्नै माटोको शरिरमा रंग होस् अनि पो होलीको मज्जा
भित्र इर्श्या,डाह,रिस बोकेर फोश्रो सदभाव बाहिर के देखाउनु?
शत्रुता नासिएर उमंगै उमंग होस् अनि पो होलीको मज्जा।
– लक्ष्मी स्मृति
विराटनगर-५

हाेलि अविष्मरणीय क्षण रङ्गमय एक पर्व हाे
भाेलि रङ्ग नै रङ्गको चाड रमाइलोकाे गर्व हाे
मन थिरमा छैन उड्दै छ चङ्गा जस्तै चट्ट सरर,
गाेलि बारुद रङ्गले रङ्गाउने दु:ख सुख सर्व हाे ।
– सुदिप पुर्कुटि(लुरे)
जैसिथुम्का-४, सिन्धुली
हाल: ललितपुर

साथी र सङ्गी सबै मिलेर रमाउनु पर्छ
नाँच्नुपर्छ साथमा गीत पनि गाउनु पर्छ
वर्षौँ पछि आउने चाडपर्व होली हजुर,
यसपाली त मज्जाले मनाउनु पर्छ ।।
– सपना कुंवर
धादिङ

COVID-19

प्रिया आज तिमीसँगै खेलेको होली याद आयो/
सप्तरङ्गी रङहरूले भिजेको चोली याद आयो//
तिमीले मेरो मुहारमा दल्दा रङ्ग हुन्थ्यो मज्जा/
टीका मात्र लगाई दिन्छु भन्ने बोली याद आयो//
– श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा.पा.-८, प्यूठान
हाल: भारत

अस्थिर यो जिन्दगीले विश्राम अझैँ पाएको छैन
जीवनमा खुसी नै खुसीको पल अझैँ छाएको छैन
रङ्ग दल्ने होली खेल्ने त प्रत्येक वर्ष आउँछ जान्छ
यो सादा जीवन रङ्ग्याउने होली अझैँ आएको छैन
– सुमन धमला
सिद्धिचरण नगरपालिका-१०, ओखलढुङ्गा

भावना साटासाट गरौँ आऊ होली खेलौं
कसैसँग रिस नराखि मनाऊँ होली खेलौं
हराउँदैछन् अचेल हाम्रा धर्म संस्कृतिहरू
यसरी सबैजना मिली बचाउँ होली खेलौं
– हिमा रोका
मेहेलकुना, सुर्खेत

सत्मार्गमा तल्लिन बनोस् तपाईं हाम्रो जीवन
हरपल सधैं स्वाधीन बनोस् तपाईं हाम्रो जीवन
नयाँ नौलो रङ्ग घुलोस् यो होलीको पर्वसङ्गै
इन्द्रेणी झैँ रङ्गिन बनोस् तपाईं हाम्रो जीवन
– अन्जु तिमल्सिना घिमिरे
गोदावरी न.पा.-१०, ललितपुर

बर्सोस ~अनेक ~खुशी ~सबैको झोलिमा।
बितोस ~जीवन ~सदा हाँसो र ठिटोलिमा।
लगाउ अबिर मदमस्त भई भांगको तरंगमा,
नछुटोस यो प्रेमरंग रही रहोस अर्को होलीमा।
– नीता गुरूंग भाटिया
असम, भारत

एउटै भाका एउटै सबैको बोली हुनुपर्छ !
दाउरा सुरुवाल सँगै गुन्यु चोली हुनुपर्छ!
कस्तो रंगीचंगी हुन्छ काजवार आयो भने!
रमाउन बसन्त ऋतुमा होली हुनु पर्छ!
– नविन विष्ट
नवदुर्गा-४, डडेल्धुरा

आज आइसक्यो होली तिमी त हराइसक्यौ
तिमीले त एकाएक मन अन्तै सराइसक्यौ
होलीमा तिम्रो सिउँदो रङ्गाउने मन थियो,
मन दुखाउने काम तिमीले आज गराइसक्यौ
– विक्रम तिरूवा सलिन
जुम्ला

म हान्छु पिच्कारी जोगाए चोली तिमीले
मनाउँनु खुसीको पर्व यही होली तिमीले
बहाना नगरौँ दिनदिनै आउँदैन मेला पर्व,
कहिले पछुताउँनुपर्ला फेरी भोली तिमीले
– सुरेशकुमार पान्डे
घोराही-१८, दाङ

होली रमणीय होस् कसैलाई रगतको खोली नबनोस्
उछ्रिङ्खल र मागिखाने भिकारीको झोली नबनोस्
एक आपसमा आदानप्रदान होस् शुभकामना सबैमा,
मानवीय नाता रहोस र तुच्छ प्रहाररुपी बोली नबनोस !
– रवि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची
हाल: बुटवल, रुपन्देही, नेपाल

हाम्रो परम्परालाई जोगाई राख्नुपर्छ ।
दु:खमा पनि मनलाई नचाई राख्नुपर्छ ।
हर्षित भइ मनाऔँ रंगिन होली पर्वलाई,
ईष्टमित्र सबैको मनमा अटाई राख्नुपर्छ।
– भुपेन्द्र राना मगर
धादिङ

नहोस् द्वन्द्व कोहि कसैसँग शुभकामना छ
छाओस् मनमा खुसी उमङ्ग शुभकामना छ
जिन्दगी पनि रङ्गिन बनोस् होली जस्तै गरि
लागोस् सबको अनुहारमा रङ्ग शुभकामना छ।
– मुक्तक प्रेमी ज्ञानेन्द्र सिंह
जाजरकोट

देखेर अरुको तडकभडक जल्नु हुँदैन
आफ्नाे क्षमताभन्दा माथिबाट चल्नु हुँदैन ।
सभ्य भएर मर्यादित ढंगले होली मनाऊँ
जबरजस्ती कसैलाई रङ्ग दल्नु हुँदैन ।।
– सूर्यनारायण वि.क. (शुभचिन्तक)
रूकुम पश्चिम
हाल: वीरगञ्ज, पर्सा

सारा दु:ख कष्टहरु भूली रमाउँ होलीमा
विकृतिलाई ध्यानमा राख्दै रमाउँ होलीमा
रङ्ग जस्तै रङ्गिन बनोस् सदा जीवन भनेर,
भगवान सँग प्राथना गर्दै रमाउँ होलीमा
– दिनेश बिष्ट
सुदूरपश्चिम (तल्कोट गा.पा.-६, बझाङ)

आउनुहोस् लगाऔं दौरा, सुरुवाल, गुन्यु चोली!
यही संस्कार बसोस् भावी पुस्तामा पनि भोलि!!
विकृति विसंगतिहरू हटाई मनमा वैरभाव नराखी,
भव्य र सभ्य तरिकाले मनाऔं यसपालीको होली!
– छविकिरण अधिकारी
बागचौर नगरपालिका-१०, पिपलनेटा, सल्यान

होलिको खुशी,रंगमा खेल्न जाग्दैछ रहर
बसेर संगै , रमिता हेर्न लाग्दैछ रहर
जबर्जस्ती रंगीन पार्नु हुँदैन कसैलाई,
विकृतिहरु , सम्झेर आफै भाग्दैछ रहर।
– दस्ता कौशिक

मित्रता र एकताको बोली बन्नु पर्छ
भेदभाव रहित साझा खोली बन्नुपर्छ
उजाडिदो मानवता रङ्गिन बनाउने,
हर्ष उमङ्गको पर्व होली बन्नुपर्छ।
– सुन्दर विजय ओझा
पोखरा-३०,कास्की
हाल: तारकेश्वर-१०, काठमाडौं

मुहारमा चोटका रङ्गहरु दलेको कसले देख्छन् यहाँ
मुटुमा कालो आगो बलेको कसले देख्छन् यहाँ
बाहिरी रङ्गहरु अनेकौं थरीथरीका देख्छन् दुनियाँ ,
एकै छिनमा रङ्गहरुझैँ सपना गलेको कसले देख्छन् यहाँ ।।
– वीर उदास तामाङ
सोलुखुम्बु लोखिम

तिमी संगै होलि खेलेर जाने हो
रङै रङ्गले उसलाई पेलेर जाने हो ll
सुनन हामी त्यही चोकमा आउछु ल
बरु भन उपहारम केलेर जाने हो ll
– शंकर के.बि.
शिवालय गा.पा.-५, जाजरकोट
हाल: काठमाडौँ

होलिको निउ पारी सिउदो रंग्याउला।
लाएर आउनु घुम्टो सारी सिउदो रंग्याउला।
तिमिलाई सिन्दुर चुरा मलाई दौरा सुरुवाल तयारी छ सानू ।
मिलाउदै चट्ट दारी सिउदो रंग्याउला।
– मिलन कान्छा ठकुरी
शिवालय-६, जाजरकोट

नेपालीलाई चिनाउने दाैरा सुरुवाल चाेली बनाेस्
नबिझाउने कसैलाई नेपालीको बाेली बनाेस्
रिस-राग सबै भुलि आत्मियता जगाउने एउटा
परम्परा जाेगाउने याे पवित्र पर्व हाेली बनाेस् ।
– कल्पना अधिकारी भण्डारी
भरतपुर-२१, चितवन

जहाँ खराब नियतले चल्ने संग तर्कनु
पूरा विश्वास दिलाएर छल्ने संग तर्कनु
हामी हिन्दूहरूको महान चाड होलीमा
रङ दल्ने संग होइन बदल्ने संग तर्कनु
– अनुराग राम जी
चौकुने-९, सुर्खेत

तिम्रो मेरो माया देखि जल्ने हरु संग बच्नु
अनायसै तिम्रा वरिपरि चल्ने हरु सँग बच्नु
तिमी हामी मिलेर खेलौला नी होली त माया
अनुहार भन्दै सिउँदोमा रङ्ग दल्ने हरु संग बच्नु ।
– प्रदिप खतिवडा
खैरहनी-९, पिपरा, चितवन

नाचौँ गाऔँ सबैजना हृदय खोली गरौं रमाइलो
बाँचिन्छ कि मरिन्छ थाहा छैन भोलि गरौं रमाइलो
वर्ष दिनमा आउने यो फागु पूर्णिमा रङ्गै रङ्गको पर्व
हर्ष उल्लासका साथ मनाएर होली गरौं रमाइलो
– प्रयासी प्रविना पौडेल
ओखलढुंगा

मिल्ने साथीभाइ मात्रै खेल्नुपर्छ हाेली।
असार नपर्ने गरि ईज्जत्मा कसैलाई भाेली।
बाटो कुरेर मन सुरेर नराम्रो हर्कत गर्नेलाई
सजायकै रुपमा हान्नुपर्छ त्यसलाई गाेली।
– सावित्रा नेपाली सबु
बागलुङ

तिहार आउँदा होलि आउँदा मन रुन्छ प्रदेशीको
तिहारका ती गित गाउदा मन रुन्छ प्रदेशीको
गाउदै होलान् नाच्दै होलान् गाउमा साथिभाइहरु
बिहान साझ काममा धाउदा मन रुन्छ प्रदेशीको
– धड्कन जैशी
अछाम क न पा ७जामा

अबिरको रंग छरेर आउ होली
हर्ष र उमंग भरेर आउ होली
विभिन्न जात जातीलाई मिलाएर
सबैमा एकता गरेर आउ होली ।
– डिबी बल तामाङ
इटहरी-२, सुनसरी

एक्लै देखेर अगाडि अभिन सक्छ ,होसियार रहनु ।।
उसै बाट जवानी लुटिन सक्छ ,होसियार रहनु ।।
होलिको बेला अबिर लगाउने बहाना पारेर प्रिया ।।
सिउँदोमा सिन्दुर भरिदिन सक्छ,होसियार रहनु ।।
– दिल बिक्रम शाही
जाजरकोट शिवालय-६
हाल: mt city बाट

रङ्गहरुकाे वर्षाद लिई हाेलि अाउदैछ
अरे जताततै हर्ष खुसि उमङ्ग छाउदैछ
साथिहरु भेला भई हाेलि खेल्न पाउँदा
पिडाहरु हटि याे मन किन अौधि रमाउदैछ
– इन्दिरा थापा
उदयपुर, ताम्लिछा

खुब रमाईलो हुन्थ्यो साथी भेटेर होलीमा
गाउदै खेलिन्थ्यो मन प्यास मेटेर होलीमा
एक अर्कालाई रंग दलेको देख्यो भने है,
पिटाई खाईन्थ्यो सारै नै लखेटेर होलीमा।।
– मनोज खत्री अछामी

पहिलोदिन पहाड दोस्रोदिन तराई दिल खोली खेल्नु होला
मनमा रिस राग केही नलिई कन मिठो बोली खेल्नु होला।
बर्ष दिनपछि आउने रंगै रंगको पर्व फागु पुर्णिामाको दिन।
विकृति विसंगतिलाई त्यागेर सभ्य भई होलि खेल्नु होला।
-️ राम रावल सागर
अत्तरिया, कैलाली

आउनोहोस् एक हौं गाउँसमाज, बिर्सिनु हुँदैन
मानेर हामीहरूले यसरी लाज, बिर्सिनु हुँदैन
होलि पर्व पुर्खादेखि चलेको परम्परा हो साथीहरू
हामीले आफ्नो परम्परा रितिरिवाज बिर्सनु हुँदैन
– जगत थापा बझाङ्ग

रङ्ग मय रहोस् हजुर लाई होलीको शुभकामना
मनकामना पुगोस् हजुर लाई होलीको शुभकामना
बेरोजगारी महङ्गी र असान्ती ले छाएको मेरो देश
चाडै सान्त बनोस् हजुर लाई होलीको शुभकामना
– श्याम कुमार श्रेष्ठ

नाँच्दै गाउँदै रङ्ग छरी, सबैलाइ होलीको शुभकामना
मनमा हर्ष उमङ्ग भरी,सबैलाइ होलीको शुभकामना
प्राचीनकाल देखीको परम्परा हो रमाइलो गर्नु साथी हो,
स्नेह भर्नु हृदयमा बराबरी,सबैलाई होलीको शुभकामना।
– मनिषा विश्वकर्मा
कैलाली

हरेक चाडमा हाँसो खुसी अनि आनन्द हुनुपर्छ
पुर्खा देखि चल्दै आएको चलन बुलन्द हुनुपर्छ
रंगहरुको पर्व होलिले बिदेशीको प्रभाव हटाउदै,
आफ्नोपन झल्काउदै दिने खुसि निष्पन्द हुनुपर्छ
– राम न्यौपाने कैलाली

रातो,हरियो,पहेलो अादी रङ्गले छ्यापी होली मनाउनु पर्छ
एक अापसमा कसैलाई असर नपुग्ने गरी होली मनाउनु पर्छ
पहाड र तराई गरी दुई दिन माउने गरिन्छ बर्षको एक दिन
रङ्ग लोला पिचकारीले अासममा खेली होली मनाउनु पर्छ
– जगत रावल
पुल्लेतोला-७, अछाम

दल्नु हुन्न अरुलाई अबिर इच्छाविपरीत
मिल्दैन हर्ष खुशी आखिर इच्छाविपरीत
होलि खेल्नु आत्मीय साथीभाइ आफन्तले
नपार्नु कसैले कसैलाई पीर इच्छाविपरीत
– रत्ना पुन मगर
रुकुम पश्चिम्

खुसिका साथ उमंगले मनाउनु होलि
प्रेम साटि रमाईलो सँगले मनाउनु होलि
रिस डाहा त्यागि सुमधुर नाता गास्दै
हर्ष उल्लासको रङ्गले मनाउनु होलि
– घनश्याम वली

हामी परदेशीलाई न हर्ष न होलि के गर्नु
जताततै बिचित्र रंगहरु मात्रै घोली के गर्नु
बार घन्टा काम गर्नु साठी डिग्रीको घाममा
मर्नु मात्रै बाकी आज होकि भोलि के गर्नु
– नरेश विष्ट निशान
बझाङ

बर्षदिनको होली आयो खेल्न जाऔं।
अब रंङ्ग अबिर भाँङ् धतुरो झेल्न जाऔं।
ईष्ट मित्र आफन्त परिवार मिलेर यहाँ।
कसैले लगाई दिन्छन् छाता ओडि छेल्न जाऔं।
-कमला पाण्डे पराजुली

टेवा पुग्नेगरी सस्कृतिको जगेर्नामा, होलि खेल्नुहोला
खलल नपुर्याई कसैको इच्छामा, होलि खेल्नुहोला
फेरि ठेस लाग्छ अरुलाई, केस लाग्छ आफुलाई
सबजना बसेर मान मर्यादामा, होलि खेल्नुहोला
– धिरज दर्पन राई
सोताङ-४, नाम्लुङ, सोलुखुम्बु

जूनतारा साहित्य समाजले आयोजना गरेको यस प्रतियोगिताको ओझेलका खबर डटकम मिडिया पार्टनर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *