Smoking Causes Cancer

कविता: म अयोग्य ठहरिएँ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

आफ्नै देशको नेपाली माटोमा
जन्मेर पनि म अयोग्य ठहरिए
आज राष्ट्र, राष्ट्रियता, स्वाभिमान
नेपालीपन, मानवता, इमानदारीता
नेपाल आमा जीवितै हुनुहुन्थ्यो
भने मलाई भन्नुहुन्थ्यो छोरा तँ
नेपाली माटोमा जन्मेको होस्
तँलाई मैले नौ महिनासम्म मेरो
गर्भमा बोकेर जन्म दिएकी हुँ

कसले भन्यो तँलाई नेपाली
नागरिक होइन भनेर अनागरिक
हो भनेर कसले भन्यो तँलाई पालन
पोषण गरेर ठूलो बनाएर हुर्काएकी हुँ
पढाएकीलेखाएकी हुँ तेरो बाबाले राम्रो
संस्कार र मैले पवित्र माया दिएकी हुँ

वर्षौंदेखि देशको बिग्रदो परिस्थिति
गरिबी अनिकाल हाम्री छोरी चेली
दिदीबहिनीको बिच बाटोमै अस्मिता
लुटेर हत्या हुँदा पनि बहिरो सरकार
केही बोल्दैन मैले ती पापी बलात्कारी
अपराधी मेरो मेरो नाङ्गो शरीरमा टेकेर
हिडिरहे मैले त्यो प्रशासनको ढोका
ढकढक्याउँदा चुपचाप बसे अदालतमा
उजुरी बोकेर न्यायको ढोका बेस्सरी
ढकढक्याए अह कोही केही बोलेनन्

सिंचाई
Forest
Ad.

चुपचाप बसिरहे छोरा यो सर्वोच्च
अदालत त विदेशी भ्रष्टाचारी दलालले
किनेको रहेछ यो अदालत बलात्कारी
अपराधी भ्रष्टाचारी हत्यारा चोर गुन्डागर्दी
गर्नेको मात्रै रहेछ यहाँ पैसा र पावर
भएपछि डलरको खेती गरिन्छ हामी
नेपाली माटोमा खेती गरेर अनाज
फलाउनेको केही नचल्ने रहेछ छोरा
यी पीडाहरू सहन नसकेर मैले तँलाई
जा छोरा देशका लागि के गर त योग्य
छस् तैंले केही गर्न सक्छस् मेरो गुम्न
लागेको इज्जत बचाउनलाई देशको
गरिमामय पवित्र संसदमा लागेको दाग
फोहोर हिलो सफा गर्न पठाएकी थिएँ

तर तँलाई एक्लै सोचेर तीन ठूला विदेशी
दलालले त्यहीँ हिलोमा बजारि दिए लडाइँ
दिए उठ छोरा तँ हारेको छैन चिप्लिएको
मात्रै छस् समय छ अझै तेरो जित्ने दिन
आउदैछ जसले तँलाई हिलोमा बजारी
तिनीहरूलाई एकदिन कठघरामा राख्ने
छस् हिम्मत नहार उठ छोरा उठ छोरा
मेरो लागि भए पनि अब त उठ छोरा
यस्तै यस्तै भनेर सान्त्वना दिनुहुन्थ्यो

तर आज मेरो कोही दुनियाँमा भएन
जब म अयोग्य ठहरिए अदालतले
मेरो विपक्षमा फैसला सुनायो तब
दुनियाँले रमिता हेर्‍यो राजधानीका
तीन तारे पाँच तारे होटल रेस्टुरेन्टमा
म रोइरहेका खुसियाली मनाएर
रक्सी मासु खाए कतिपयले त आज
देश बच्यो समेत भन्यो एक महिनासम्म
खान नपाएका ब्वाँसाहरूले नेपाल आमाको
रगत चुस्ने भए इज्जत लुट्ने भए मनपरी

गरेर खुलेआम घुम्ने भए हो म अयोग्य
ठहरिए अब मेरो आमा बुवा खोज्न कहाँ
जाऊँ के म आफ्नै देशको शरणार्थी बनेर
बसूँ त कहाँ छ मेरो देश कहाँ त मेरो घर
कहाँ छ म जन्मेको माटो कसरी म अयोग्य
ठहरिए मलाई जवाफ चाहिन्छ

Awareness by SKF

– गणेश विष्ट ‘बर्षात’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया