सामाजिक सञ्जालमा हार्दिक श्रद्धान्जलीको लहर थियो। मेरो मनले भन्यो, ‘श्रद्धान्जली लेखिहाल्छु।’
मस्तिष्क भन्यो, ‘एकछिन पर्खे।’
युटुबमा पेले टाइप गरेँ। फुटबल मैदानमा होइन, पेलेको खुट्टामा खेल्दै थियो।
म दर्शक भएर हेरें र सोचेँ, ‘इतिहासमा कहिल्यै नमर्ने पेलेलाई हार्दिक श्रद्धान्जली कसरी लेखुँ?’
कथाकार: नारायण कोइराला
तानसेन, पाल्पा