Salime Malika Krishi Farm

Awareness Campaign

समाजसेवी थापाद्वारा रेडियो पुष्पाञ्जलीलाई प्राविधिक सामाग्री सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ स्थित सामुदायिक रेडियो पुष्पाञ्जलीलाई पावर ब्याकअप सहयोग गर्नुभएको छ।

जिल्लाको ग्रामीण क्षेत्रबाट सञ्चालित रेडियोले सुचना र सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समाजसेवी थापाले यस अगाडी नै रेडियोलाई ब्याकअप सहयोग गर्ने घोषणा गर्नुभएको थियो।

यो पनि: गुल्मीका एक मानसिक रोगीको उपचारका लागि समाजसेवी लिल बहादुर थापाको सहयोग

सिंचाई
Forest
Ad.

आज २ वटा ब्याट्री र ईन्भटर गरी १ लाख १० हजार रुपैयाँ बराबरको सामाग्री समाजसेवी थापाको तर्फबाट जिटिभि नेपालका अध्यक्ष एवम् सञ्चालक दिपक नेपालीले रेडियोलाई हस्तान्तरण गर्नुभएको हो। उक्त प्राविधिक सामाग्री हस्तान्तरण गर्दै नेपालीले आफुले पत्रकारिता सुरु गरेको रेडियोलाई समाजसेवी थापाले सहयोग गर्नुभएको र त्यसमा स्वयम् आफुले हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

समाजसेवी लिल बहादुर थापाले सामाजिक क्षेत्र र जनतालाई सुचनाको प्रत्याभूत गराउने सञ्चार माध्यमलाई आफुले प्रतिबद्धता गरे बमोजिम सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो। उहाँले आफुले दिएका सामाग्रीहरुको प्रयोगले रेडियोको स्तरवृद्धिमा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो।

यो पनि: समाजसेवी थापाले बेसहारा लिलावतीको घर बनाईदिने

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा रेडियो सञ्चालक समितिका सचिव सुन्दर प्रधानले निकै दुख र आर्थिक अभावकाबीच पनि सञ्चालनमा रहेको रेडियोको अवस्था बुझेर र वामी जस्तो विद्युतको निकै समस्या रहेको ठाउँमा सञ्चालनमा रहेको रेडियोलाई ब्याकअप सहयोग गर्नुभएको भन्दै समाजसेवी थापा र सहजीकरण गर्ने जिटिभि नेपालका सञ्चालक नेपाली प्रति धन्यवाद व्यक्त गर्नुभयो।

Awareness by SKF

साथै उहाँले समाजसेवी थापाले मानवसेवा र देशका विभिन्न ठाउँका दुखी, पीडित एवम् विपन्नलाई समेत सहयोग गर्दै आउनुभएको भन्दै उक्त कार्य निकै सह्रानीय रहेको बताउनुभयो।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा रेडियो सञ्चालक समितिका कोषाध्यक्ष अर्जुन सापकोटा, सहकोषाध्यक्ष विष्णु प्रसाद आचार्य, रेडियोका स्टेशन म्यानेजर प्रकाश घिमिरे लगायत सञ्चालक समिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डिगाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी थापाले देशका विभिन्न ठाउँका गरिव र विपन्न परिवारलाई सहयोग गर्दै आउनुभएको छ। केही समय अगाडी मात्रै नेपाल आउनुभएका उहाँले दशैँ र तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा विपन्न नागरिकको घरमा राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो।

यो पनि: बडिगाडमा ओडारमा बसेका परिवारलाई समाजसेवी थापाले एकल खर्चमा बनाई दिनुभयो घर

त्यस्तै उहाँले ओडारमा रहेका बडिगाड गाउँपालिका वडा नं ५ का एक परिवारलाई व्यक्तिगत खर्चमा घडेरी किनेर घर समेत निर्माण गरेर हस्तान्तरण गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया