Awareness

गुल्मीका एक मानसिक रोगीको उपचारका लागि समाजसेवी लिल बहादुर थापाको सहयोग

खबर स्वास्थ्य खबर

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीका एक मानसिक रोगीको उपचारका लागि समाजसेवी लिल बहादुर थापाले आर्थिक सहयोग गर्नुभएको छ।

जिल्लाको छत्रकोट गाउँपालिकाका ओम कुमार नेपालीको स्वास्थ्य उपचारका लागि बाँकेको खर्जुरा गाउँपालिका, वडा नम्बर ,४ डिगाउँ नेपालगञ्ज स्थायी घर भई हाल अमेरिकामा रहनुभएका लिल बहादुर थापाले व्यक्तिगत तर्फबाट नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

Get Vaccinated

घरको अभिभावकको रुपमा रहेका ओमकुमारको मानसिक सन्तुलन बिग्रिएपछि यतिबेला परिवारको बिचल्ली भएको छ। दैनिक जीवन यापन गर्न समेत कठिनाई भएको अवस्थामा उनको उपचार गर्न नसकेका परिवारले सहयोगी मनप्रति आभार व्यक्त गरेका छन।

२७ वर्षको उमेरका रहेका नेपाली केही वर्ष पहिले रोजगारीका लागि भारत समेत गएका थिए। तर विगत केही वर्षयता उनको मानसिक सन्तुलन बिग्रिएपछि अहिले ओछ्यान र कपडामै पिसाब गर्ने, अस्वभाविक कुरा एवम् क्रियाकलाप गर्ने गर्दछन्।

उनको यो अवस्थाका बारेमा सञ्चारकर्मी बाबुराम पाण्डेले आफ्नो युटुब च्यानल ईपिक नेपालमा भिडियो सामग्री बनाएपछि अमेरीकामा रहनुभएका थापाले सोही मार्फत आर्थिक सहयोग गर्नुभएको हो। उहाँले नेपालीको उपचारका लागि व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग सञ्चारकर्मी पाण्डे मार्फत परिवारलाई पठाउनुभएको हो।

अहिले आफ्नो कलकलाउँदो छोराको त्यस्तो अवस्था देखेर ओम कुमारकी आमा समेत मानसिक रुपमा विक्षिप्त बनेकी छिन्। उनको स्वास्थ अवस्था पनि बिग्रँदै गएको छ। ११ वर्षीय छोरीले घर व्यवहार सम्हालेकी छिन्।

Awareness by SKF

नेपालीको उपचारका लागि पाटन अस्पतालका जय कुमार घिमिरेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सहयोगी मनका धनी लिल बहादुर थापा संगै उनको उपचारका लागि रजनी कार्की र प्रिया गुरुङले पनि आर्थिक सहयोग गरेका छन्।

1 thought on “गुल्मीका एक मानसिक रोगीको उपचारका लागि समाजसेवी लिल बहादुर थापाको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *