Salime Malika Krishi Farm

Awareness Campaign

शोकाकुल गाउँ ठुलोलुम्पेक पुगे नेता सुदर्शन बराल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केहि दिन अघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मीको ठुलोलुम्पेक गाउँ पुगेर शोक व्यक्त गरेका छन्। माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता बरालले शोक व्यक्त गरेका हुन।

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केहि दिन आघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मीको ठुलोलुम्पेक गाउँ पुगेर शोक व्यक्त गरेका छन्। माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता बरालले शोक व्यक्त गरेका हुन।

यो पनि: गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सिंचाई
Forest
Ad.

सत्यवती गाउँपालिका-३, ठुलोलुम्पेकको कुटडाँडामा मंंसिर ७ गते राती जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । ४ जना घम्भीर घाईते भएका थिए । निर्वाचनको बेला त्यति ठुलो घटना घटदा पनि विजयी उमेदवारहरु पुग्न नसकेको त्यस गाउँवासीले गुनासो गरिरहेको बेला सत्ताख गठबन्धनबाट गुल्मी क्षेत्र नम्वर २ प्रदेश क बाट उमेदवार भई पराजित भएका बराल कुटडाँडा स्थित मृतक पाँच जनाको परिवारमा पुगेर शोक प्रकट गर्दै मृतकहरु प्रति श्रद्धाजञ्जली व्यक्त गरेका हुन।

दुर्घटनामा परी त्यस गाउँका होनाहार समाज सेवी ५१ बर्षीय झलकमान सोमै, उनकी ४३ बर्षीया श्रीमति जमुना सोमै, छिमेकी ४७ बर्षीय रनबहादुर सिंजाली , ५५ बर्षीय टिकारामा राहदी र २८ बर्षीय मिलन तरामुको मृत्यु् भएको थियो । त्यस्तै जिप चालक उनका छोरा कार्वेलिङ्ग सोमै , अर्का छोरा खण्डन सोमै, गीरबहादुर राहदी र चेतमान सिंजापति घाईते भएकोमा जिप चालक छोरा कार्वेलिङ्ग सामै घाईत अवस्थामै बाबु आमाको काजकिरियामा बसेक्ँ छन। म रिडीबाट घर आउँदै थिएँ।

घर नजिकै आई पुग्दा मेरो गाडी फस्यो र घरमा फोन गरेर बाबु आमालाई र छिमेकीहरुलाई बोलाएँ , उहाँहरु आई गाडी निकालेर घरै नजिक आई रहेको बेला गाडी खसेको हो, गहभरी आँशु पार्दै कार्वेलिङ्ग सोमै भन्छन खै कसरी खस्यो थाहै पाईन । दुई दिदी बहिनी र दुई भाई रहेका उनले भने हामीहरुलाईको भबिश्य उज्वल पार्ने बाबु आमाको सपना थियो।

यो पनि: निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै माओवादीका लुम्बिनी प्रदेश अध्यक्षद्वारा राजिनामा

Awareness by SKF

अर्का मृतक मिलन तरामुकी २६ बर्षीय श्रीमति तारा तरामु बोल्नै सकिनन। उनकी ४ बर्षीया छोरी मिटाङसी तरामुले मेरो बाबा मलाई जुस ल्याई दिएर आउनु हुुन्छ । उ पारी जानु भाछ भन्दा त्यहाँ पुग्ने सबैका आँखा रसाए।

१० बर्ष सम्म विदेश बसेर गत वर्ष देखि घर बस्न थालेका टीकाराम राहदी पनि समाज सेवी थिए। माओवादी केन्द्र त्यस वडा कमिटीका अध्यक्ष लोक सुनारले झलकमान सोमै सहितका पाँच जना समाज सेवीहरु गुमाउँदा कुुटडाँडाबासी टुहुरा जस्तै बनेको बताए।

त्यहाँका वडाध्यक्ष जितबहादुर तरामुले झलकमान सामै साजपुर आधारभुत विद्यालयका कार्यलय सहयोगी देखि प्रधानाध्यापक सम्म रहेर त्यहाँ शैक्षिक देखि हरक्षेत्रको विकास गाउँवासीको सेवामा समर्पित ब्यक्ती भएकोले गाउँवासीले भुल्नै नसक्ने बताए। मंसिर ७ गते राती अबेर सम्म झलकमानले मतगणनाको अपडेड गरेको आफुले देखेको जिल्ला समन्व्य समितिकी सदस्य नरमाया राना बताउँछिन्।

श्रद्धाञ्जली सभामा नेता सुदर्शन बरालले होनाहर समाज सेवीहरु गुमाउनु परेकको भन्दै दुख व्यक्त गरे। नेता बराल संगै सो पाटीका नेताहरु बीरबहादुर कार्की, अशोक थापा, जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र सलामी लगायत पनि पुगेका थिए। दुखको कुरा विजयी उमेदवारहरु अहिले सम्म त्यो परिवारमा पुगेका छैनन्।

यस अघिका विभिन्न घटनामा परी मृत्यु हुनेहरुलाई सत्यवती गाउँपालिका पुर्व अध्यक्ष पारिश्वर ढकालले किरिया खर्च दिलाएको तर अहिलेका प्रमुख टिकाराम पाण्डेले वास्ता नगरेको गाउँवासीको गुनासो छ। उता गम्भीर घाईते भई लाखौं ऋणमा पर्दै उपचार गराई रहेको परिवारलाई पनि स्थानीय सरकारले राहत प्रदान नगरेकोमा गाउँवासीले दुख प्रकट गरेका छन्। -प्रतिक खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया