Salime Malika Krishi Farm

Awareness Campaign

निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै माओवादीका लुम्बिनी प्रदेश अध्यक्षद्वारा राजिनामा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु पोखरेल, बुटवल: नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन्। निर्वाचनमा पार्टीको पराजयको तीन कारण सहित पराजयको नैतिक जिम्मेवारी लिंदै अध्यक्ष बरालले पदबाट राजनिमा दिएको दिएको जनाएका छन्।

शनिबार प्रेस वक्तव्य जारी गर्दै बरालले पराजयका तीक कारण औंल्याएका छन्। जसमा टिकट वितरणमा ध्यान दिन नसकिएको लगायतका छन्।

लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका बराल गुल्मीको निर्वाचन क्षेत्र १(१) मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए।

सिंचाई
Forest
Ad.

यस्तो छ प्रेस वक्तव्यको पुर्णपाठ:

प्रतिनिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ भर्खरै सम्पन्न भएको छ । यस निर्वाचनमा सहभागीका लागि प्रदेशवासी मतदातालाई धन्यवाद ज्ञापन गर्दछु।

प्रदेशमा गठवन्धनको तर्फबाट विविध कमि कमजोरीका वावजुद सामान्यतः सफलता प्राप्त गरेको छ। त्यसका लागि गठबन्धनका नेता कार्यकर्ताहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछु।

विभिन्न समस्याका वावजुद विजयी हाम्रो पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका विजयी उम्मेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

Awareness by SKF

हाम्रो पार्टीका लाखौं मतदाताहरुको इच्छा र प्रयत्नका बावजुद हाम्रो प्रदेशमा मुल रुपमा निम्न समस्याहरु रहे।

१. मुलतः प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सुचि तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न सकिएन।

२. प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट बांडफाँड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न सकिएन।

३. उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न सकिएन।

यी उल्लेखित कारण सहित विविध कारणले यस प्रदेशमा पार्टीको विगत परिणामलाई कायम राख्न समेत सकिएन र म स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन सकिएन । अतः प्रदेश अध्यक्षको हैषियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिई आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।

अध्यक्ष पदमा नरहेर पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुन सुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्दछु।

क्रान्तिकारी अभिवादन सहित।
१० मंसिर २०७९।
सुदर्शन बराल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया