Smoking Causes Cancer

कविता: म को?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

मास्टर साहब बन्न सकिन
लेक्चरर त कुरै नगरौँ
मेरो औंकात थियो, थिएन
त्यो मलाई थाहा भएन
दिनभरी मजदूरी गरेर
पेट पाल्ने आमाबालाई त
झन दोष नै दिईन
लेक्चर, मास्टर बन्ने
औकात नै नहुनेले
डाक्टर इन्जिनियर त
सोँच्ने कुरै भएन

म पनि कस्तो!
बेलैमा नेता की ठेकेदार बन्नुपर्थ्यो
मास्टर साहब,लेक्चर
डाक्टर,इन्जिनियर सबैले
नमस्कार ठोक्थे
म कसरी हुन सक्थेँ नेता की ठेकेदार
झुट बोल्नै आउँदैन
दुईचार जानालाई भिडाएर
फाइदा लिनै जान्दिनँ

अनि म को त?
डाक्टर,इन्जिनियर लेक्चर
मास्टर साहब,ठेकेदार र नेतालाई
सलाम ठोक्ने मान्छे
हों मलाई त्यस्तै लाग्यो
एउटा अन्तिम प्रश्न
तपाईंलाई कस्तो लाग्यो
उत्तर दिने मेरो होइन
अब तपाईंको पालो

सिंचाई
Forest
Ad.

– नारायण कोइराला
तानसेन,पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया