Smoking Causes Cancer

गुल्मीको मालिका गाउँपालिकाद्वारा वडा तहमै पुगेर अपाङ्गता परिचयपत्र वितरण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिकाले वडा तहमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ।

गाउँपालिकाका विभिन्न तीन स्थानमा सञ्चालन गरिएको शिविरबाट ५६ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेको मालिका गाउँपालिकाले जनाएको छ।

पहिलो दिन माघ ११ गते गाउँपालिकाको वडा नम्बर दुई दर्लिङबाट १६ जना, दोस्रो दिन माघ १२ गते गाउँपालिकाको केन्द्र अर्खबाङ बाट १७ जना र तेस्रो दिन वडा नम्बर सात घमिरबाट २३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेको गाउँपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारी चन्द्र श्रीसले जानकारी दिए।

सिंचाई
Forest
Ad.

जसमा क वर्गका १०, ख वर्गका २४, ग वर्गका १३ र घ वर्गका ९ जना गरी ५६ जना रहेका छन। त्यस्तै महिला र पुरुष समान २८/ २८ जना रहेको कार्यालयले जानकारी दिएको छ। क वर्गको लागी रातो रङको परिचयपत्र, ख वर्गको लागि हरियो, ग वर्गको लागि पहेंलो र घ वर्गको लागी सेतो रङको परिचयपत्र प्रदान गरिने व्यवस्था रहेको मालिका गाउँपालिकाले जनाएको छ।

क र ख वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेकाले क्रमश: राज्यबाट तीन हजार नौ सय ९० र दुई हजार १ सय २८ रुपैयाँ मासिक भत्ता प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए।

त्यस्तै ग र घ वर्गका लागि केन्द्र सरकारले कुनै आर्थिक सहयोग नदिए पनि गाउँपालिकाले उनिहरुले सिक्न चाहेको सिप र आवश्यक सामाग्री उपलब्ध गराएको भण्डारीले उल्लेख गरे। अपाङ्गता परिचयपत्र बनिसके पछि राज्यबाट पाउने सेवा सुविधा सहजै प्राप्त गर्न सकिने भए पछि परिचयपत्र पाउनेहरु पनि खुसि भएका छन।

जनतालाई सहज होस भनेर सबैलाई पायक पर्ने गरी वडा तहमा पुगेर परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए। यो खबर गुल्मी अपडेटबाट साभार गरिएको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया