रोल्पा, २८ जेठ । रोल्पाको माडी गाउँपालिकामा आज बिहान एउटा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार आज (बुधबार) बिहान अन्दाजी ७:३० बजेको समयमा रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ पात्लेस्थित बल्ले-झिनुवा भित्री सडक खण्डमा गुडिरहेको मिनी ट्रक दुर्घटनामा परेको हो।
बल्लेखोला देखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेको अवस्थामा एक्कासि बाटो भासिँदा सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि गाडीमा सवार सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ दुदिलाबोट बस्ने वर्ष ४७ का चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। उनको शव दुर्घटनास्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ।
उक्त मिनी ट्रक चालक दाङको बबई गाउँपालिका वडा नम्बर ५ जौबारी बस्ने वर्ष ४२ का नोखिराम वली रहेका छन्। दुर्घटनामा चालक वलीको ढाडमा सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गाडीमा चालकसहित २ जना मात्र सवार थिए। घटना लगतै उद्धार कार्य जारी राखिएको
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






