Salime Malika Krishi Farm

Awareness Campaign

लेखक संघ दाङले २९ औँ स्थापना दिवसमा गुल्मीका घर्तीसहित २३ जना साहित्यकारलाई पुरस्कृत गर्ने



सुमित्रा कंडेल
२ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: लेखक संघ दाङले आफ्नो २९ औँ स्थापना दिवसमा पुरस्कार तथा सम्मान गर्ने भएको छ।

प्रतिभा छनोट उपसमितीले २३ जना पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरुको नाम सिफारिस गरेको लेखक संघ दाङले जनाएको छ। सोही अनुसार छनोट भएका प्रतिभाका स्रष्टाहरुको नाम सार्वजनिक गरेको हो।

जसमा गुल्मीको मदाने गाउँपालिकामा जन्मिएका विष्णु घर्ती पनि इन्द्र देवका स्मृति प्रज्ञा पुरस्कारबाट सम्मानित हुने भएका हुन।घर्तीसंगै अन्य २२ जना विविध विधामा सम्मानित हुने भएका छन। बम शंकर साहित्य पुरस्कार मधुसूदन पाण्डेय देउखुरी, तोयाराम ईश्वरादेवी साहित्य पुरस्कार मेघलाल केसी तुलसीपुर, हरिकला नन्द पुरस्कार धनसिंह गिरी घोराही, धनवाल साहित्य संगीत पुरस्कार पुस्कर प्यारा बस्नेत घोराही, पं. कपिलमुनि शिवाकोटी विद्या सागर साहित्य पुरस्कार अर्जुन केसी प्युठान, फर्साराम धनकुमारी साहित्य पुरस्कार गोपाल भुसाल अभिलाषी दाङ र नित्यानन्द शर्मा साहित्य पुरस्कार रमेश पाण्डेय घोराहीलाई दिइने भएको छ ।

सिंचाई
Forest
Ad.

यसैगरी अशोक सुभद्रा काव्य पुरस्कार गणेश विषम दाङ, दुर्गा चित्रा प्रज्ञा पुरस्कार मनोहर लामिछाने सल्यान, टीकाप्रसाद नारायणी स्मृति पुरस्कार लक्ष्मीनारायण ज्ञवाली तुलसीपुर, मेघराज लक्ष्मीदेवी प्रज्ञा पुरस्कार लक्ष्मी सुवेदी रोल्पा, पं. कृष्णमणि इन्दिरा आचार्य साहित्य संगीत पुरस्कार जोशिका कँडेल कपिलवस्तु, प्रवीण प्रज्ञा पुरस्कार प्रेम शर्मा घोराही, लक्ष्मण कला साहित्य पुरस्कार भावना शर्मा पाल्पा र दामोदर अम्बिका स्मृति बाल पुरस्कार चेतन नेपाली र पूर्णिमा खड्का जनकल्याण मावि दूधरासलाई दिइने भएको छ ।

यस्तै पूर्णचन्द्र नारायणी स्मृति साहित्य पुरस्कार भुपेन्द्र सुवेदी घोराही, उमानाथ प्रेमकुमारी स्मृति साहित्य पुरस्कार घनश्याम अस्तित्व, बामदेव खिमकुमारी साहित्य पुरस्कार उत्तमकृष्ण मजगैयाँ दाङ, यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य पुरस्कार बमबहादुर डिसी, चक्रमाया स्मृति साहित्य पुरस्कार पार्वती शर्मा कपिलवस्तु, जमुना गिरी÷गोमा गिरी साहित्य पुरस्कार महेश थापा र कृष्ण गायत्री प्रज्ञा पुरस्कार शशी थापा पण्डितलाई दिइने लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →