Smoking Causes Cancer

Awareness Campaign

जून तारा साहित्य समाजद्वारा संकलित केही गजलकारका गजलहरु (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुने गर्छ अचेल धोकाको प्रहार किन होला?
आफ्ना भन्नेहरूबाटै लगातार किन होला?

म बिरामीको पिँजडाबाट निस्किन खोज्छु ,
बदलामा जहर भन्दै दिन्छन् उपचार किन होला?

हिजोसम्म नारी सम्मानको वकालत गर्नेले ,
बहुविवाह गरेर देखायो चमत्कार किन होला?

सिंचाई
Forest
Ad.

महोदय नयनबाट अविरल अश्रु बगेको छ ,
मैले आफ्नाबाट पाउँन सकिनँ प्यार किन होला?

गणतन्त्रमा जनताको शासन हुन्छ भन्थे !
दाेषी खुलाचार निर्दाेषी कारागार किन होला?
– मन्दिरा खड्का (कान्छु)

जब रुँदै रुँदै छोराले बाबा बोलाउँथ्यो आँगनबाट,
महोदय म विधवा हुँ मेरो आँसु दर्किन्थो नयनबाट!!

तँ अछुत हो ! तैंले छोएको पानी चल्दैन भन्थ्यो,
मासु चल्छ चल्दैन, हतियार लग्यो मेरै आरनबाट!!

Awareness by SKF

कसैले धक्का दियो, दोषी नहेरी चड्कन दिएँ
हाम्रो प्रेमको सुरुवात भयो त्यहीँ चड्कनबाट!!

भुल्छु भन्ने कै चिन्ता लागिरहेको छ, सधैं मलाई
कसरी निकाल्ने होला अतीतलाई मेरो मनबाट!!

जवानीको प्यास मिटाईदिने मूल्य तय गर्नुछ मैले
घरको गुजारा चलाउँछु सोच्दै छु, यो यौवनबाट !!
ज्ञानू बोगटी
ओखलढुङ्गा

परदेशीलाई खबर त सोधियो जाने बेलामा।
आँखामा आँसुको मुल थियो जाने बेलामा।

आयो एउटा अञ्जान दिल भित्र बास बस्न
उसैले आफ्नो दिल बिर्सियो जाने बेलामा।

बा-आमा गाउँमा छोडी छोरा परदेश जाँन्छ
बा-आमाको मन बल्झियो जाने बेलामा।

निलो आकाश माथि विमान टाढा हुँदैगयो
बस् सम्झनालाई याद दियो जाने बेलामा।

मृत शरीर दिन सक्छु म मायाको निसानी
सबुत प्रमाण होला बलियो जाने बेलामा।
– कमलराज विष्ट मगर
पश्चिमरूकुम

शंख घण्टी कात्रो गर्नै पर्दा पुगेकी हुँ।
धेरै घात भएपछि साथी मर्दा पुगेकी हुँ।

हाे जिउँदाे हुदासम्म पानी दिन सकिनँ
मरेपछि हिरन हाल्दै गर्दा पुगेकी हुँ।

टुटेको हाे मन फुटेकै दिन मेरो लागि त
झुक्नु भन्दा मन आएर सर्दा पुगेकी हुँ।

आउने रहेछ आसु राेक्न बाध्य भए म
थम्याई मुटु दागबत्ती भर्दा पुगेकी हुँ।

हाे त्यही सानाेकाे धेरै याद राेकिएन
झम्टेर रुन भन्दै ऊ धर्ती तर्दा पुगेेकी हुँ।
– सावित्रा नेपाली सबु
बागलुङ

दिनमै मिठाे निद लागे रातकाे के अर्थ
समानताकाे समाजमा जातकाे के अर्थ ?

आफ्नै गाउँमा फलेकाे ताजा अन्न खाएपछि ।
शहरीया चामल अनि भातकाे के अर्थ ?

कति जनता जिउँदै मरे पृथ्वीकाे भार भएर ।
झमक जस्तै आँटीलाे भए हातकाे के अर्थ?

वसन्तको हरियाली नै विरूवाकाे सुन्दरता ।
नाङ्गो रूखकाे शाेभा भए पातकाे के अर्थ?

अर्थ न व्यर्थकाे गाेविन्द गाई भने जस्तै ।
जिब्रोले नै चपाउने भए दाँतकाे के अर्थ ।।
– सुर्य नारायण वि. क (शुभचिन्तक )
रूकुम पश्चिम
हाल: वीरगञ्ज

मन दुखाएको हुँ तिमीले छोड्न तयार भएपछि
पिरतीको खेलमा आज मेरो यहाँ हार भएपछि

यो मन मेरो खिन्न भएर आउँछ कतिबेला यहाँ
धोका मात्रै बारम्बार दिने स्वार्थी संसार भएपछि

उनलाई यतिसम्म ठूलो नाटक गर्न आउँदो रहेछ
मलाई छाडेर गइन् अर्कै सम्हाल्न हतार भएपछि

छोडेर जाने ऊ निष्ठुरीलाई मैले कसरी फर्काउनु
मेरो दिल मेरो नजरबाटै एकाएक फरार भएपछि

सुखको त अनुभूति गर्नै पाएको छैन् जिन्दगीमा
दु:खै दु:खको मात्रै मलाई अधिक भार भएपछि
– विक्रम तिरूवा सलिन
जुम्ला

बोलाएर आको थिए बस पनि भनेेनौ
मनको ढोका खोली तिमीले पस पनि भनेनौ

राखी रह्यौ तस्विर, मेरो आँखा भित्र लुकाएर
आँसु बनी गाला चुम्दै खस पनि भनेनौ

हेरा हेर आँखा जुध्दा मौनताको बाँध फोडी
तिम्रै न्यानो अँगालोमा कस पनि भनेनौ

मलाई तिम्रो तिमीलाई मेरो खाँचो थियो जीवनमा
मनमा मन मिलाउ भन्दा हस पनि भनेनौ

भन्थ्यौ रे म सँगै जीउन पाए हुन्थ्यो भनी
आउ (जुनतारा) चोखो मायाले डस पनि भनिनौनी
– अनु राई
रोङ्-४, ईलाम

उ त्यही हो मेरो प्रेमीकाको अब मुहार आउँछ
जहाँ एक युवक बोकेर खल्तीमा हजार आउँछ।

आमालाई खाना किन्न समेत सक्दिनँ भन्ने छोरा
एउटा प्रेमीकाको लागी कयौं श्रृङ्गार आउँछ।

बा सन्तानकै लागी सधैं दु:ख कष्ट मात्रै गर्नुभयो
अब सन्तानको मुखमा कुभलो विचार आउँछ।

हरेक वर्ष हरेक महिना रौनक आउने छोरालाई
आमालाई जेठ लागी सक्यो अब असार आउँछ।

बुढा ! हाम्रो भाग्यमा खुसी कहिल्यै आउन्न हो
प्यारी आउँछ बिजुलीभन्दा अघि घरमा तार आउँछ।

वृद्धआमा आश्रम जाँदा खबर आएन मेरो देशमा
भगवान् अचेल कुकुर हराएको अखबार आउँछ।
-प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत

प्रेम नबुझ्नेलाई सुनाएर कहानीको के काम,
मुटु टुक्रा पारिदिने ति महारानीको के काम ।

झुठको खेती गर्दै हिड्ने तिमी जस्तालाई,
मन देखि बोलेका कुराकानीको के काम ।

कर्ममा विश्वास गर्ने म, म सधै सोच्ने गर्छु ,
सत्यको ठाउँमा ती बेइमानीको के काम ।

धेरै सङ्घर्ष गरे, जीवन सुखी बनाउँन भनि,
प्रगति शुन्य भयो जिन्दगानीको के काम ।

तिमी भाउ खोज्दैछौं याद राख,समयको
उमेर ढल्के पछिको जवानीको के काम
-अमृत मगर बड्डा
तुलसीपुर, दाङ
हाल: वीरेन्द्रनगर, सुर्खेत

कसैलाई फलिफाप भएको छ प्रेम।
तर मलाई भने पाप भएको छ प्रेम।

भन्छन् ईश्वरले दिएको बरदान् हो,
तर मलाई अभिशाप भएको छ प्रेम।

मायाले जीवन रङ्गिन बनाउँछन् रे,
मुटुमा बसेर छाप भएको छ प्रेम।

विश्वास नगर्नु पर्ने रहेछ यो मायामा,
व्यर्थ मलाई पश्चाताप भएको छ प्रेम।

खै कसरी भन्छन् होला? सबथोक हो,
तर मलाई भने धराप भएको छ प्रेम।
– गजल सहयात्री अल्का
साँगुरीगढी-९, धनकुटा

जून तारा संयुक्त गजल संग्रहमा संग्रहित केही गजलहरु:

‌दुनियाँ तिम्रो तारीफ गर्छ तिमी इमानदार हुँदा
जननी माता गर्व गरून् तिम्रो जयजयकार हुँदा

उदाहरणीय कार्य गर्नुस् गाउँ विकासको लागि
हजारौं भोट माग्न पर्दैन, दिन्छन् उम्मेदवार हुँदा

तिमीले जे बोलेको छौ पूरा गर्ने बाचा निभाउनु
तिमी प्रतिको विश्वास गुम्छ बिचमा फरार हुँदा

दोषी र निर्दोष राम्रो सँग चिन्न जरुर ठान्नुपर्छ
घर बिग्रन्छ निर्दोषलाई फसाउने कारागार हुँदा

चाडपर्वलाई उल्लासमय बनाउने मनसाय बोकी
एक जन्तु खुसी हुन्न अर्को प्राणीको काटमार हुँदा
– सरिता श्रेष्ठ “सरु”
खिजिदेम्बाछ, ओखलढुंगा

झुटो रहेछ तिम्रो माया छुटेपछि थाहा पाएँ
आफ्नै आँखा बल्ल पीडा चुटेपछि थाहा पाएँ

गल्ती मेरै हो तिमीलाई आफ्नै ठानी मनमा राखे
स्वार्थी रहेछौ अर्कैसँग जुटेपछि थाहा पाएँ

फूल सम्झी माया गरे काँडा रहेछौ गुलाफको
विश्वास घातको काँडाले लुटेपछि थाहा पाएँ

तिम्रै लागि हिड्ने गर्थे कठिन ती बाटोहरू
गलत रहेछ मेरो यात्रा टुटेपछि थाहा पाएँ

धोका पनि यति ठूलो दियौ तिमीले म माथि
चोटै चोटको प्रहारले कुटेपछि थाहा पाएँ।
-विनोद थापा “एक्लो यात्री”
कमल गाउपालिका-१, सरपाडा, झापा

मनको मर्म पोख्न लाई लाग्यो गजलमा
कापि कलम छोड्दै पछि लागियो गजलमा

मिर्मिरेको जीवन यात्रा गोधुलि सम्म पुर्याउनलाई
अन्धकारमा दीप बनि जागियो गजलमा

जिन्दगीको सुरुवात भो साहित्यको जगतबाट
अनेकौं विघ्न बाधाहरू नागियो गजलमा

उमङ्ग र खुसीले भरिपूर्ण जीव न बनाउनलाई
प्रगतिको प्रथम प्रकम्प पनि टागियो गजलमा

माटोमुनि सुन फलाउने सपना सजाएर
साहित्यप्रति असफल जीवनलाई दागियो गजलमा
– डि. जे असफल
कैलाली

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया