Salime Malika Krishi Farm

Awareness Campaign

गङ्गादेवी हत्या प्रकरण: १ हप्ता पुग्न लाग्दा भेटिएनन् अभियुक्त, अनुसन्धान प्रगति कति नजिक?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा एक महिलाको हत्या भएको झण्डै एक साता हुनै लाग्दा पनि यहाँको प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। गत आइतबार बिहान जिल्लाको मुसिकोट नगरपालिका-७, वामीटक्सार बजार नजिकै न्वारास्थित होटलमा ५७ वर्षीया अविवाहित महिला गङ्गादेवी शेरचन मृत अवस्थामा फेला परेकी थिइन।

होटलभित्र चेन गेट लगाएको अवस्थामा भुइँ समेत रक्ताम्य अवस्थामा उनको शव फेला परेको थियो। दुवै हात पछाडि लगाएर बाँधेर शव घोप्टो पारिएको थियो। खुट्टा पनि सेलो टेपले नै बाँधिएको थियो। त्यो दृश्यले कसैले सुनियोजित रुपमा उनको हत्या नै गरेको हो भनेर ठोकुवा भए पनि प्रहरीले अभियुक्तको सुराक समेत पाउन सकेको छैन।

सम्बन्धित खबर: गुल्मी हत्या प्रकरण: ‘ठेकेदार’ भनिने अपरिचित व्यक्ति प्रति स्थानीयको आशंका

सिंचाई
Forest
Ad.

घटनास्थलमा पुगेका जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन रानाभाट हत्याको आशंका मात्रै गर्न सकिने बताएका थिए। अहिले आएर बल्ल प्रहरीले ती महिलाको हत्या नै भएको पुष्टि गरेको छ। घटनास्थलको दृश्य वर्णन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवराज खरेलले महिलाको हत्या भएको तर हत्यारा पत्ता लगाउन अनुसन्धान तिव्र पारिएको बताए।

अहिलेसम्म करिब ५० जनालाई सोधपुछ गरी सकेको बताउँदै अनुसन्धानमा प्रगति नजिक पुगिनसकेको डीएसपी खरेलको भनाइ छ।

शेरचन विगत ३० वर्षअघिदेखि त्यस घरमा होटल गरेर बसेकी अविवाहित महिला हुन्। उनको बुटवल, स्थानीयदेखि पर्यटकीय क्षेत्र ढोरपाटनसम्म धुप्रै घडेरी र खेतबारी जोडेकी र प्रसस्तै सुन, नगद सहित सम्पत्तीवाला महिला भएको बताइन्छ। एउटा यौनिक र अर्को आर्थिक कारण हत्याको कारण हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले भने हत्याको कारण आर्थिक नै हुन सक्ने डीएसपी खरेलको भनाई छ।

त्यस दिन दिउँसो ११ देखि १२ बजेको बीचमा एक जना ठेकेदार भनिने मान्छेसहित तीन जना मानिस आएका थिए। ठेकेदार भनिने मान्छेले मात्रै नास्ता गरेर हिंडेको। फेरि करिब ३ बजेको समयमा तिनै मान्छे आएर होटलभित्र पसेको। साँझसम्म उनीहरु त्यहाँ रहेको मृतक शेरचनले घरै अगाडि कि महिला जैकला कुमाललाई उक्त कुरा सुनाएकी थिइन।

Awareness by SKF

मृतक महिलाका सहोदर दाजु सुनिल शेरचनले बहिनीको हत्या सुनियोजित रुपमा र हत्यारा धेरै टाढाको हुन नसक्ने बताउँदै प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको गुनासो गरे। घटनास्थलमा प्रहरीको तालिम प्राप्त कुकुर ल्याइएको थियो। घटनास्थल सुँघेर बाहिर निस्केको कुकुर अपराधी भागेको बाटो पछ्याउँदै हिंडेको थियो।

यो पनि: गुल्मीको मुसिकोटमा घरभित्र हात-खुट्टा बाँधिएको अवस्थामा भेटियो एक महिलाको शव

त्यो देखेर प्रहरीले अपराधी छिट्टै पत्ता लगाउने कुरामा स्थानीयवासी आशावादी थिए। तर अहिलेसम्म पत्ता लगाउन नसक्दा आफन्तजन निरास भएका छन् र सुरक्षाको अनुभूति गर्न सकेका छैनन्। त्यसमाथि अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले नसक्दा स्थानीय थप चिन्तित र असुरक्षित बनेका छन्। यस घटनामा संलग्नहरुलाई यथासिघ्र पत्ता लगाउन स्थानीयले माग गरेका छ्न।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया