Clean Water Campaign

Awareness Campaign

गुल्मीको मुसिकोटमा घरभित्र हात-खुट्टा बाँधिएको अवस्थामा भेटियो एक महिलाको शव



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एक महिलाको संकास्पद अवस्थामा शव भेटिएको छ। मुसिकोट नगरपालिका-७ की ५७ वर्षीया गंगादेवी शेरचनको शव घरभित्रै खुट्टा बाँधेको अवस्थामा भेटिएपछि उनको हत्या भएको आशंका गरिएको छ।

वडा ७ का वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट अन्य टोली पनि अनुसन्धानका लागि आउँदैछ।

शेरचन अविवाहित हुन्। वामीटक्सार र मध्यपहाडी लोक मार्ग जोड्ने हाँडीखोलाको पुलवारीको पहिलो घरमा होटल चलाएर उनी एक्लै बस्थिन्।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए। घटनास्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया