भुवन काफ्ले ‘अञ्जान’, मुसिकोट: लियो क्लब अफ गुल्मी सालिमेले न्यानो लुगा वितरण अभियानको तेस्रो चरणमा मुसिकोट-७, सेरामा लुगा वितरण गरेको छ। लियो क्लब अफ गुल्मी सालिमे र जिउँदो सालिक फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित न्यानो लुगा अभियान अन्तर्गत संकलित न्यानो कपडा विपन्न र असहायहरुलाई वितरण गरिएको हो।
क्लवले गत पुस २९ अर्थात jan 13 का दिन परेको Lions Club International का जन्मदाता Melvin Jones को जन्मदिनको अवसरमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारमा एक कार्यक्रमकाबीच दिप प्रज्वलन गरि जन्मदिन मनाएसङ्गै न्यानो लुगा संकलन तथा वितरण अभियान सुरु गरेको थियो।
सोहि अभियान अनुसार क्लवले विभिन्न ठाँउबाट लुगा र आर्थिक सहयोग संकलन गरि आज अभियानको तेस्रो चरणमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरामा न्यानो लुगा वितरण गरेको क्लबका अध्यक्ष पुजन सापकोटले जानकारी दिनुभयो।
क्लवले यसै अभियानको पहिलो चरणमा मुसिकोट नगरपालिका वडा नम्बर ७ को बसेरिमा र दोस्रो चरणमा मुसिकोट नगरपालिका वडा नम्वर १ पौदि अमराईमा आर्थिक अवस्था कमजोर परिवारहरुमा जाडो मौसमसङ्गै गर्मी मौसममा समेत लगाउन मिल्ने खालका लुगा वितरण गरेको थियो।
क्लवले जाडो मौसममा न्यानो लुगाको अभावमा परेका र आवस्यकता अनुसार लुगा किन्न नसक्ने परिवारहरुलाई सहयोग गर्ने उद्धेश्यले यो अभियान सुरु गरेको क्लवका जनसम्पर्क अधिकृत बिबेक काफ्लेले बताउनुभयो।
क्लवले सुरु गरेको यो अभियान निरन्तर चलिरहने र भोलिका दिनमा जाडो मौसममा न्यानो लुगाको अभावमा परेका र आवस्यकता अनुसार लुगा किन्न नसक्ने परिवार भएका बस्ति पहिचान गरी बस्ति बस्ति पुग्ने लक्ष्य रहेको क्लवका अध्यक्ष सापकोटाले बताउनुभयो।
यो पनि: लियो क्लब अफ गुल्मी सालिमेले सुरु गर्यो न्यानो लुगा संकलन तथा वितरण अभियान
क्लवले सुरु गरेको यो पुर्णित कार्यबाट प्रभावित भई स्वदेश तथा विदेशमा रहनु भएका विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग समेत गरिरहनु भएको क्लवले जानकारी दिएको छ।
कुनै पनि परिवार वा ब्याक्तिले आफुसङ्ग भएका प्रयोग गर्न मिल्ने सफा लुगा एवं आर्थिक सहयोग गर्न चाहेमा भएमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीमा रहेको क्लवको कार्यालय वा लियो क्लब अफ गुल्मी सालिमे वा जिउँदो सालिक फाउन्डेसनका सदस्यसङ्ग सम्पर्क गरी जम्मा गराउन र आफुलाई आवश्यक परेका लुगा लैजान समेत सक्ने व्यवस्था रहेको क्लवका जनसम्पर्क अधिकृत विवेक काफ्लेले जानकारी दिनुभयो।
केहि समय अगाडी मुसिकोट नगरपालिकामा गठन भएको यो कलवले यस अघि मुसिकोट ७ वामीटक्सार गुल्मीले सडक दुर्घटना कम गर्ने उद्धेश्यले सडक ऐना, बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्टबिन राखेको थियो। क्लवले अबका दिनमा पनि नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पर्ने गरि सामाजिक काम गर्ने लक्ष्य लिएर निरन्तर लागि पर्ने क्लवले बताएको छ।
यो पनि: आर्थिक अभावमा गुल्मीकी हिराको उपचारमा समस्या, सहयोगको अपिल
मुटु रोग, मधुमेह, थाइराइड, मृगौला सम्बन्धी रोग आदिबाट पिडित मुसिकोट नगरपालिका-१, अरेवा (माइतीघर: मुसिकोट नगरपालिका, वामी, टोड्के) की हिरा रायमाझीको उपचारार्थ आर्थिक संकट उत्पन्न भई उपचारमा बाधा उत्पन्न हुने अवस्था सिर्जना भएकोले जिउँदो सालिक फाउन्डेसनले ‘हिरा रायमाझी बचाऔँ अभियान’ सञ्चालन भइरहेको छ। यस अभियान मार्फत संकलित रकम छिट्टै पिडितलाई हस्तान्तरण गरिने फाउन्डेसनका संस्थापक सालिक खत्रीले बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










