Salime Malika Krishi Farm

Awareness Campaign

लियो क्लब अफ गुल्मी सालिमेले सुरु गर्यो न्यानो लुगा संकलन तथा वितरण अभियान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मुसिकोट: लियो क्लव अफ गुल्मी सालिमेले Lions Clublub International का जन्मदाता Melvin Jones को जन्मदिनको अवसरमा न्यानो लुगा संकलन तथा वितरण अभियान सुरु गरेको छ।

कलवले शुक्रबार मुसिकोट नगरपालिका वडा नम्वर ७ वामी बसपार्कमा दीप प्रज्वलन गरी Melvin Jones को १४४ औँ जन्मदिन मनाएको हो । यसै अबसरमा लियो कलव अफ गुल्मी सालिमे र जिउँदो सालिक फाउन्डेसनको संयुक्त आयोजनामा आजकै दिनदेखी न्यानो लुगा संकलन तथा वितरण गर्ने ‘Warm Clothing Campaign’ ,’Donate clothes and warm the hearts ‘ भन्ने नारासहित शुभारम्भ गरेको क्लवका अध्यक्ष पुजन सापकोटाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

कलवले समस्त आमा बुवा, दाजुभाइ, दिदिबहिनी तथा सम्पूर्ण महानुभावहरुलाई आफ्नो घरमा प्रयोगमा नआएका, साँघुरा भएका, सफा र सुरक्षित प्रकारका ओड्ने बिछ्याउने, लगाउने खालका लुगाहरु दान गरेर पुण्य कर्म गर्न अपिल गरेको छ।

कलवले आयोजना गरेको उक्त जन्मोत्सव कार्यक्रममा Lions Clubs International, Lions District 325P, District Deputy Treasurer विष्णु कुवँर, नवखबर डटकमका सम्पादक बिष्णु प्रसाद आचार्य, स्थानियसङ्गै कलवका पदादिकारी लगायतको उपस्थिति रहेको क्लवका ज जनसम्पर्क आधिकृत बिबेक काफ्लेले जानकारी दिनुभयो।

कलवले यस अघी मुसिकोट ७ वामीटक्सार गुल्मीले सडक दुर्घटना कम गर्ने उद्धेश्यले सडक ऐना, बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्बिन राखेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया