Salime Malika Krishi Farm

Awareness Campaign

आर्थिक अभावमा गुल्मीकी हिराको उपचारमा समस्या, सहयोगको अपिल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: अपाङ्गता भएका व्यक्तिहरु र समाजमा पिछडिएका वर्गको हक र हित संरक्षणमा योगदान पुर्याउदै आएको संस्था जिउँदो सालिक फाउन्डेसन (सालिक खत्री फाउन्डेसन) ले मुटु र मृगौला सम्बन्धी गम्भीर रोगहरुबाट पिडित मुसिकोट नगरपालिका-१, अरेवाकी हिरा रायमाझीको उपचारार्थ आर्थिक सहयोग संकलन गर्ने अभियान सञ्चालन गरेको छ।

मुसिकोट नगरपालिका, वामी, टोड्के माइती भएकी रायमाझी मुटु र मृगौला सम्बन्धी रोग, डेंगु, मधुमेह र थाइराइड सम्बन्धी रोगले ग्रसित भई हाल बुटवल स्थित मुटु अस्पतालमा उपचाररत रहनुभएको त्यहाँबाट मिरा रायमाझीले बताउनुभयो। परिवारको कमजोर आर्थिक अवस्था, सानै उमेरका छोराछोरी र श्रीमान पनि अस्वस्थ भएकोले उक्त परिवारको दयनीय अवस्था रहेकोले सहयोगको याचना गर्नुपरेको उहाँले बताउनुभयो।

हिरा रायमाझी केसीको उपचारको क्रममा आर्थिक अभाव सिर्जना भएकोले सहयोगको अपिल गर्नुपरेको र उहाँको जीवन रक्षार्थ आर्थिक सहयोग प्राप्त हुने विश्वास लिएको जिउँदो सालिक फाउन्डेसनका संस्थापक सालिक खत्रीले बताए।

सिंचाई
Forest
Ad.

उहाँको उपचारार्थ यस संस्था मार्फत सहयोग गर्न इच्छुक महानुभावहरुले जिउँदो सालिक फाउन्डेसन नामक फेसबुक प्रोफाइल वा ग्रुप मार्फत सम्पर्क गर्न सक्नुहुन्छ।

यस अभियानका बारेमा विस्तृत जानकारीका लागि मोबाइल नम्बर ९८६६५५२८७२ मा कल वा [email protected] मा इमेल पनि गर्न सकिने संस्थाले जानकारी गराएको छ। ओझेलका खबर डटकम यस संस्थाको मिडिया पार्टनर रहेको छ।

हालसम्म सहयोग उपलब्ध गराउने महानुभावहरुको नामावली यसप्रकार रहेको छ:

सहयोगीको नाम (हाल रहनुभएको स्थान) सहयोग रकम (ने.रु.)
सुमन काफ्ले (स्विडेन) रु. १५,०००/-
करुणा रायमाझी (चेक रिपब्लिक) रु. १०,०००/-
शान्ति रायमाझी (चेक रिपब्लिक) रु. १०,०००/-
चित्र रायमाझी ‘खुम’ (चेक रिपब्लिक) रु. १०,०००/-
अशोक देव परियार (चेक रिपब्लिक) रु. ५,०००/-
विद्या कार्की (चेक रिपब्लिक) रु. ३,०००/-
करण बोहोरा (चेक रिपब्लिक) रु. ५,५५५/-
नविन अधिकारी (चेक रिपब्लिक) रु. ५,०००/-
अन्जना रायमाझी (चेक रिपब्लिक) रु. ५,५५५/-
कृष्ण खत्री (चेक रिपब्लिक) रु. ५,५५५/-
चन्द्र अधिकारी (चेक रिपब्लिक) रु. ५,५५५/-
अज्ञात शुन्य (ठूलाखर्क) रु. ५,०००/-
ज्ञानु राना (चेक रिपब्लिक) रु. २,५५५/-
अज्ञात ९९९ (मुसिकोट) रु. १,५००/-
मान बहादुर कुँवर (दुवई) रु. ३,०००/-
ऋषिराम गिरी (चेक रिपब्लिक) रु. १,५००/-
पाण्डव-जमुना अधिकारी (चेक रिपब्लिक) रु. १०,०००/-
पुर्ना-श्याम खत्री (जापान) रु. ५,०००/-
कुल रकम रु. १,०८,७७५/-

वामी-विश्व सम्पर्क मञ्च, अस्ट्रेलिया शाखाबाट (अष्ट्रेलियन मुद्रामा)

सहयोगीको नाम सहयोग रकम (अ.ड.)
जनकराज गौतम $ ५१
चुरामणि लामिछाने $ १०१
गोविन्द रायमाझी $ १०१
टंक कंडेल $ १५१
लक्ष्मण सापकोटा $ ५१
दिपक सापकोटा $ ६१
भिष्म सापकोटा $ ५१
ख्याति गौतम $ २१
नर बहादुर खत्री $ २१
पिताम्बर सापकोटा $ २१
लालसिंह खत्री $ ५१
राम प्रसाद सापकोटा $ ५१
कुल रकम $ ७३२
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया