Salime Malika Krishi Farm

Awareness Campaign

पौदेलीले अझै मनाउँछन् १७ औं शताव्दीको न्वागी, गुल्मी र बागलुङ्गमा पर्छ ऐतिहासिक पौँदी क्षेत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ र गुल्मीको सीमामा पर्ने पौँदी क्षेत्रमा आगामी मंसिर पाँच गतेदेखि न्वागी खाने पर्व हुँदैछ। वर्षेनि धानबाली भित्र्याएपछि मंसिरमा यो पर्व मनाइन्छ। नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाइ खाने प्रचलन छ। ज्योतिषले निकालेको शुभमूर्हतमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत हुनेछ।

गुल्मीको मुसिकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ। पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे। वि.सं. १७३४ सालदेखि बागलुङ पश्चिमको बडिगाड गाउँपालिका-५, खारमा यस्तै एक पर्व मनाइन्छ। जहाँ पुर्खाको योगदान, सहयोगी भवना र स्थानीयको खुसी समेटिएको छ।

यो पनि: मङ्सिर ५ मा हुने भनिएको न्वागी मेला स्थगित, मङ्सिर १० गतेबाट हुने

सिंचाई
Forest
Ad.

१२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५ औं शताब्दीतिर टुक्रिन पुग्यो। जसबाट बनेका बाइसे र चौबीसे राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भू–भागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा पर्दथ्यो। साथै, दगाको केही क्षेत्र मुसिकोटको मौजासमेत रहेको इतिहास छ।

सोही इतिहाससँग जोडिएको पौदीं क्षेत्रको आफ्नो छुट्टै इतिहास रहेको छ। बागलुङको साविक जलजला, ग्वालीचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौदी क्षेत्र भनिन्छ। यस क्षेत्रमा मगरहरुको उल्लेख्य बस्ती रहेको र उनिहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ । जुन शब्दपछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड–५ का स्थानीय कृष्णबहादुर घिमिरेले बताए । ‘रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ’ घिमिरेले भने।

मध्यकालीन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रम्मा एक समय ईस्मा राज्यको सिमाना साबिकको ग्वालीचौर गाविसको दारेगौंडासम्म आइपुगेको थियो । तर, उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहकोे र यसै खुशीयालीमा न्वागी पर्व मनाउन थालिएको घिमिरेले सुनाए। -ढोरपाटन न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया