Smoking Causes Cancer

मङ्सिर ५ मा हुने भनिएको न्वागी मेला स्थगित, मङ्सिर १० गतेबाट हुने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

विष्णुप्रसाद आचार्य ‘चकित’, गुल्मी: मङ्सिर ५ गतेबाट हुने भनिएको न्वागी मेला मङ्सिर १० गतेबाट हुने भएको छ।

बाग्लुङ्ग जिल्लाको बडिगाड गाउपालिकाको वडानम्बर ५ स्थित खारमा हुन गइरहेको यस वर्षको मेलाको यसअघि पत्रकार सम्मेलन गरि कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको पौदी न्वागी मेला तथा संस्कृति ससंरक्षण समितिले सोमबार पुनः अर्को बैठक बसि मङ्सिरको १० गतेबाट मेला आयोजना गर्ने निर्णय गरेको समितिका सहसचिव टिका पाइजाले जानकारी दिनुभयो।

आउदै गरेको मङ्सिर ४ गतेको निर्वाचनमा स्थानिय स्तरमा रहेका राष्ट्रसेवक कर्मचारीहरु समेत निर्वाचनमा होमिनुपर्ने भएकोले र सुरक्षाका दृष्टिले सुरक्षा निकायका कर्मचारीसमेत निर्वाचनमा खटिनुपर्ने भएकोले मेला सार्नुपरेको आयोजकले जनाएको छ ।

सिंचाई
Forest
Ad.

न्वागि मेला १० गतेबाट हुने भएपनि न्वागि खाने कार्यक्रम भने ५ गते नै हुने पाइजाले बताउनुभयो ।१० गतेबाट हुने कार्यक्रमको तालिका भने २/३ दिनमै सार्वजनिक गर्ने तयारि रहेको र सम्पुर्ण कार्यक्रमका लागि दर्ताका कामहरु ९ गतेसम्म भैसक्नुपर्ने पनि समितिले जनाएको छ।

प्रायजसो मेला तथा महोत्सवहरु कार्यतालिकाअनुसार सन्चालन, सुरु र समापन नहुने समस्या रहेकोले यस पटकको न्वागि मेला भने समयको पालना गरि सभ्य र भव्यताका साथ गर्ने जनाइएको छ ।

कार्यक्रममा स्थानिय झाँकी, उत्पादन, कला, सस्कृतिसङ्गै राष्ट्रीय कलाकारहरुको प्रस्तुति रहनेछ । उपस्थितिको लागि आयोजकले सबैमा अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया