Clean Water Campaign

Awareness Campaign

गरिब, अपाङ्ग तथा असहायहरुको सहारा बन्दै समाजसेवी थापा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: दशैँ पर्व नजिक आए संगै गाउँघर तिर विपन्न परिवारलाई दशैँ मनाउन मुस्किल परेको छ। बिहान काम गरेर वेलुका छाक टार्नेे मुसिकोट नगरपालिका-३, गोडाकी सुन्तली सुनारलाई दशैँ कसरी मान्ने होला भन्ने विषयले चिन्ता मानिरहेको समयमा समाजसेवी लिल बहादुर थापाले दशैँ मनाउनको लागि खाद्यान्न सहयोग गर्नुभएको छ।

जिल्लाको मुसिकोट नगरपालिका ३ गोडा की सुन्तली सुनारको घरमा एक छोरा र एक छोरी गरी ३ जनाको सामान्य परिवार छ। सुन्तलीको श्रीमानको रोजगारको शिलसिलामा भारत गएको बेला उपचारको क्रममा मृत्यृ भएपछि उनको साहरा अहिले घरमा कोही छैनन् । एउटा छोरा बल्ल १२ वर्षका भएका छन् , भने छोरी झन्डै ६ वर्षदेखी विस्तारमा उपचार नपाएर छट्पटाई रहेकी छिन्।

उनकी छोरी शोभा सुनारको खुट्टा र डाँड नचलेको लामो समय भयो । तर गरिब भएकै कारण समयमा उपचार नपाउँदा अहिले उनकी छोरी शोभा बिस्तारमा उपचारको लागि अपिल गरेकी छिन् । केही समय अगाडी शोभा सुनारको उपचार गर्ने पत्रकार सूर्य सुनारले जि.टि.भी. नेपालका प्रबन्धक दिपक नेपालीलाई भनेपछि देश तथा विदेश बाट सहयोग आयो।

सिंचाई
Forest
Ad.

त्यस पछि उनको उपचारको लागि विशेष गरी समाजसेवी लिल बहादुर थापाले आर्थिक सहयोग गरे। समाजसेवी थापाले उनको स्वास्थ्यलाई मध्यनजर गर्दै आर्थिक सहयोग गरे पछि केही भएपनि स्वास्थ्यमा सुधार आएको छ । समाजसेवी लिल बहादुर थापाको सहयोगले अहिले शोभाको स्वास्थ्यमा फरक परे संगै खुशी भएको शोभाले बताउछिन्।

दशैँ पर्व मनाउनको लागि पनि समस्या भएको समयमा समाजसेवी लिल बहादुर थापाले सुन्तली सुनारको घरमै पुगेर खाद्यान्न सहयोग गरेका छन्। समाजसेवी थापाले दशैँ मनाउनको लागि ४ बोरा चामल, नुन, १ प्याक खाने तेल, मसाला, चिनी, १ प्याक चाउचाउ, दाल, लगायतका सामग्री सहयोग गरेका हुन्।

समाजसेवी थापाले सुन्तलीको घरमा सहयोग गरे संगै दशैँ मनाउन उनलाई धेरै राहत मिलेको सुनारले बताइन्। दशैँ मनाउन मेरो घरमा भगवन जस्तै गरेर आएको हुँदा आफू खुशी भएको बताएकी छिन्।

हिन्दुहरुको महान् चाड बडादशैंको चहलपहल गाउँघर देखी सहर बजारमा बढ्को छ । हुनेखाने परिवारले त, दशैँ पर्वलाई खानाका परिकारहरु के के बनाउने भनी योजना बनाइरहेका छन् । तर हुँदा खाने परिवारको लागि दशैँ पर्व दशा बनिरहेको छ। पछिल्लो समय नेपाली समाजमा चाडपर्व मनाउँदा केही भड्किलो भएपछि विपन्न परिवारको लागि समस्या परेको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया