Smoking Causes Cancer

नौमती सांस्कृतिक महोत्सवको तैयारी सुरु: विभिन्न उपसमितिहरु गठन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: नेपाली मौलिक बाजाको संरक्षण र प्रवर्द्धन‌ गर्ने उद्देश्य सहित गुल्मीको मुसिकोटमा आयोजना हुन लागेको नौमती सांस्कृतिक महोत्सवको तैयारी सुरु भएको छ। नेपाली नौमती बाजाको प्रतियोगीता सगैं अन्य विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न विभिन्न तैयारी समितिहरु गठन गरिएको छ।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले यही असौज २५ र २६ गते वामीटक्सार बजारमा महोत्सवको आयोजना गर्दैछ । महोत्सवको तैयारीका विषयमा होटल दरबारमा सम्पन्न बैठकले विभिन्न तैयारी उपसमितिहरु गठन गरेको छ।

समितिका संयोजक नारायण सापकोटालाई यस अगाडी नै सयोंजक तोकिएको थियो। उक्त मुल समारोह समितिलाई ३९ सदस्यीय बनाईएको छ। जसको उपसंयोजकमा नविन कक्षपति र सचिवमा मेग प्रसाद श्रेष्ठ रहनुभएको छ। त्यस्तै डिलाराम खरेलको सयोंजकत्वमा प्रचार प्रसार समिति, सुस्मा सापकोटा तिवारीको सयोंजकत्वमा पञ्चकन्या व्यवस्थापन तथा ब्याज वितरण, नविन कक्षपति सयोंजक रहेको मञ्च व्यवस्थापन, अनुप लाखेको सयोंजकत्वमा स्वयंसेवक परिचालन र मेग प्रसाद श्रेष्ठ संयोजक रहेको कार्यालय व्यवस्थापन उपसमिति गठन गरिएको हो।

सिंचाई
Forest
Ad.

प्रतियोगीतामा प्रथम हुनेले नगद रु ५५ हजार ५ सय ५५, द्वितिय हुनेले नगद रु ४४ हजार ४ सय ४४ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही वादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ। भने सोही अवसरमा मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न झाँकीहरु समेत प्रस्तुत हुने छन्। उक्त झाँकीमा सहभागी समुहलाई पनि प्रोत्साहन स्वरुप नगद रु ७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गर्ने पनि शनिवारको बैठकले निणर्य गरेको छ।

महोत्सवमा नेपालका चर्चित राष्ट्रिय कलाकार सहित स्थानीय कलाकार र अन्य विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया