Smoking Causes Cancer

विद्यार्थीमा डेङ्गु संक्रमणपछि मुसिकोटकाे पशुपति निमाविमा दुई दिन पठनपाठन बन्द



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

अनिश पाठक, गुल्मी: पशुपति निम्न माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका-४, दजाकोट गुल्मीको नियमित पठनपाठन बन्द गरिएको छ। केही दिनदेखी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा उच्च ज्वरो आउने, वाकवाकी लाग्ने प्रकृतिको लक्षण देखिएको थियो।

कुल १३० छात्र छात्राले नियमित अध्ययन गर्दै आएको उक्त बिधालयमा बिहिवार २८ जनामा लक्षण देखिएपछी अनुपस्थित थिए तर शुक्रवार यो संख्या बढेर ४२ पुगेको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभएको छ।

बिद्यार्थी संक्रमित हुने क्रम बढेपछी बिधालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ र मुसिकोट नगरपालिका शिक्षा शाखामा जानकारी गराइएको थियो । सबैको सहमतिमा १/२ दिनको अवस्था मुल्यांकन गरेर अगाडि बढ्ने विकल्प रोजिएको थियो।

सिंचाई
Forest
Ad.

तर शुक्रवार साँंझ बिधालयमा कक्षा १ मा अध्ययनरत एक छात्र र कक्षा दुईमा अध्ययनरत एक छात्राको तम्घास स्थित शुभ लक्ष्मी फर्मामा गरिएको रगत परिक्षणमा डेङ्गु संक्रमण पोजिटिभ देखिएपछी मुसिकोट नगरपालिका शिक्षा शाखाको निर्देशन अनुसार विद्यालयले सुचना प्रकाशित गरेर २६ गते आईतबार र २७ गते सोमबारको लागि बिधालयको नियमित पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया