टोपलाल अर्याल, गुल्मी: भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजना तथा गुल्मी उद्योग वाणिज्य संघको समन्वयमा जिल्लाका मासु व्यवसायी तथा सरोकारवालाहरुसंग जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उपभोक्तालाई सफा र स्वस्थ मासु उपभोग गराउने उद्देश्यले मासु पसलको व्यावस्थापनका विषयमा व्यावसायी र सरोकारवालाबिच छलफल गरिएको हो।
केहि दिनपछिबाट मासु पसलको अनुगमन तथा नियमनको कामलाई निरन्तर अगाडी बढाइने भएकाले पुर्वसन्ध्यामा व्यावसायीहरुका व्यावसायीक समस्या र अहिलको अवस्थाको बारेमा अन्तरक्रिया गरिएको थियो। सोहि क्रममा व्यावसायीहरुले बाहिरबाट झोलामा ल्याउने मासुलाई प्रतिबन्ध लगाउन र साना ठुला व्यावसायी दुवैलाई सहयोग गर्न कार्यालयको ध्यानाकर्षण गराएका थिए। मासु व्यावसायी खेत बहादुर श्रीसले मासु लाई गुणस्तरिय बनाउन क्वारेन्टाइन र बधशालाको व्यावस्था गरेर गाउँबाट झोलामा बोकेर पसलमा मासु बेच्ने प्रवृतिको अन्त्य गर्न आग्रह गरे।
व्यावसायी तथा उत्पादक रुपलाल श्रेष्ठले मासु पसलको सजावट हेरेर र देखेर मात्रै मासु गुणस्तरिय नहुनेमा जोड दिए। कृषक दान बहादुर तङनामीले उत्पादकले मूल्य नपाएका कारण झोलामा मासु बोकेर बजार धाउन बाध्य भएको बताए । साथै उनले कार्यालयले बनेका संरचनाको मुल्यांकलन गरेर अनुदान दिनुपर्नेमा समेत जोड दिए।
उत्पादक तथा वितरक लिल बहादुर बस्नेतले किसानले मुल्य पाउन बजार हेरेर व्यावसाय गर्नुपर्नेमा जोड दिए। उनले बजारमा कहिले मासुनै नपाउने र कहिले मासुनै उठाउन नसकिने अवस्था भएकाले बजार हेरेर लागनी गर्न सुझाव दिए। बस्नेतले व्यावसायसंगै त्यसका आचारसंहिता सवैभन्दा पहिला व्यावसायी आफुले जान्न आवश्यक रहेको बताउँदै बधशाला निर्माण र नियमित अनुगमनमा जोड दिए।
उपभोक्ता हित संरक्षण मञ्चका युवराज भण्डारी, पत्रकार महासंघका तर्फबाट अध्यक्ष टोपलाल अर्याल, होटल व्यावसायी मञ्चका जंग बहादुर कुवंरले मासु व्यावसायीलाई मासु पसलको सरसफाईमा जोड दिन आग्रह गरेका थिए। उपभोक्ताले सफा र स्वस्थ मासु खोज्ने भएकाले व्यावसायीक अब्बलता प्रर्दशन गर्न र उपभोक्ताको उत्पादनको मुल्यमा विशेष ख्याल गर्दिन सबै व्यावसायीलाई सरोकारवालाले सुझाव दिए। गुल्मी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्रीप्रसाद भलामीले व्यावसायीहरुले व्यावसायीक हकहितसंगै उपभोक्ताको अधिकारको पनि ख्याल गर्नुपर्नेमा जोड दिए।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले आफुहरु व्यावसायीको सचेतना, व्यावसायीक विकास र समृद्धिको पक्षमा भएकाले सचेतनामूलक कार्यक्रमको समन्वय गरेको बताए । उनले सचेतना बिनाको अनुगमन र नियमनले व्यावसायीकलाई घाटा हुने भएकाले सचेत बनाउन व्यावसायीहरुकैबिचमा अन्तरक्रिया गरिएको बताए । पौडेलले बधशालाको बिषयमा मासु व्यावसायी सकरात्मक भए सहजीकरण गर्न बाणिज्य संघ तयार भएको बताए।
कार्यक्रममा उठेका व्यावसायीका समस्याको जवाफ दिदै भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले कानुन र व्यावसायीक धर्म निर्वाह गर्न सवै व्यावसायीलाई आग्रह गरे। उनले सानो ठाउँका कानुन अनुसारका सवै आधार खोजेर संभव नभएपनि न्यूनतम मापदण्डहरु पुरा गरेर व्यावसाय संचालन गर्न सुझाव दिए।
केहि समयमै मासु पसलहरुको अनुगमन गरिने भएकाले कार्यालयको तर्फबाट सचेत बनाउने र उपभोक्तालाई सफा र स्वस्थ मासु उपभोगको वातावरण सृजना गर्नकै लागि अन्तरक्रियाको आयोजना गरिएको बताए। उनले कार्यक्रममा बधशाला, क्यारेन्टाइन, मासु पसल र व्यावसायीक मापदण्डका कानुनी व्यावस्था र अवस्थाको बारेमा व्यावसायी तथा सरोकारवालाई जानकारी दिएका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










