Smoking Causes Cancer

नेकपा एमालेबीच एकता भएको भनेर गलत प्रचार गरियो: एकीकृत समाजवादी, गुल्मी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा एकीकृत समाजवादी गुल्मीले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा एमालेबीच एकता भएको भनेर गलत प्रचार गरिएको आरोप लगाएको छ।

सोमबार नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल एमालेमा प्रवेश गरेपछि समाजवादीले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो।

गैह्र राजनीत ढगंले पदिय दुरुपयोग गरि दुई जना व्यक्तिले नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच एकता घोषणा भयो भनि भ्रमपूर्ण र कुप्रचार गरी पार्टीको हित विपरित कार्य गरेको विज्ञप्तीमा लेखिएको छ।

सिंचाई
Forest
Ad.

यो पनि: रामकुमारी झाँक्रीलाई ठूलो धक्का: गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित

साथै प्रेस विज्ञप्तीमा निज दुईजना व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काषन गरिएको भन्दै समाजवादीले उनीहरुबाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम महत सहित सिगों पार्टी एकढिक्का रहेको जानकारी गराउँदछौँ।

साथै एकीकृत समाजवादीले पार्टी सदस्य, समर्थक, शुभेच्छुक तथा आम मतदातालाई कुनै पनि भ्रममा नपर्न समेत अनुरोध गरेको छ। दुई जना व्यक्तिलाई टिका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेद जनक छ नेकपा एसले भनेको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया