Salime Malika Krishi Farm

Awareness Campaign

रामकुमारी झाँक्रीलाई ठूलो धक्का: गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ। नेकपा एसको गुल्मी जिल्ला समिति नै नेकपा एमालेमा समाहित भएको छ।

जिल्ला सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक समारोहमा नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला ईन्चार्ज गणेश खनाल सहित अधिकांश जिल्लास्तरका नेताहरू नेकपा एमालेमा फर्किएका छन्।

एमालेमै फर्किनेमा जिल्लाका अन्य चर्चित नेताहरु रहेको बताईएको छ। नेकपा एमालेबाट विभाजित भएर गत वर्ष बनेको नेकपा एकीकृत समाजवादीले गत स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लामा खासै सफलता हासिल गर्न सकेको थिएन। राम्रो मत ल्याउन सफल भए पनि राम्रो सफलता प्राप्त हुन नसक्दा निराश बनेका कार्यकर्ता एमालेमै फर्किएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।

सिंचाई
Forest
Ad.

नेकपा एसप्रति विभिन्न आरोप लगाउँदै बिनासर्त नेकपा एमालेमा समाहित भएका गुल्मीका नेता तथा कार्यकर्तालाई एमालेका महासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्ट लगायत नेता तथा कार्यकर्ताले अबिर र खाँदा लगाएर स्वागत गरेका छन्।

गुल्मीको क्षेत्र नं २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र नेकपा एमालेका गोकर्ण विष्टको चुनावी चर्चा चलिरहेका बेला फेरी उक्त क्षेत्रमा विष्टले सहजै जित निकाल्ने धेरैले अनुमान गरेका छन्। अब रामकुमारी झाँक्रीलाई ठुलो चुनौती थपिएको उनीहरुको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया