Clean Water Campaign

Awareness Campaign

गुल्मीकी स्वयंसेविका लिला थापा युनाटेड इमेजिङ हेल्थ अवार्डबाट सम्मानित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अजय खड्का, गुल्मी: स्वयंसेविका लिलाथापाले गत वर्ष माघ महिनाको १४ गते पहिलोपटक एक वृद्धालाई बोकेर कारोना भाईरस विरुद्धको खोप लगाउन लैजादै गर्दाको फोटो फेसबुकमा पोष्ट भयो।

त्यो बेला देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको थियो। त्यसपछि निरन्तर चर्चामा रह्यो उक्त तस्विर। त्यही कारण उनलाई धेरैले चिने। धेरैतिर स्वयंसेविकाको रुपमा उनको चर्चा भयो।

उनै स्वयंसेविका लिला थापालाई यस वर्षको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९ प्रदान गरिएको छ। स्वास्थ्यखबरपत्रिकाले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजित हेल्थ अवार्ड समारोहमा थापालाई कोभड च्याम्पियन स्वयंसेविकाका रुपमा अवार्ड प्रदान गरेको हो।

Forest
Forest
Ad.
एक वृद्धालाई कोरोना विरुद्धको खोप लगाउन बोकेर खोप केन्द्र सम्म पुर्याउदै थापा जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो

कोभिडको समयमा सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गरिएको हो। सम्मानित हुनेहरुमा स्वयमसेविकादेखि चिकित्सकसम्म रहेका छन्।

महिला स्वास्थ्य स्वयंसेविकातर्फ गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापा सम्मनित भएकी छन्।काठमार्डौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त अवार्ड प्रदान गरेका हुन्। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा लगाएतको उपस्थिती रहेको थियो।

कोभिड महामारीको जोखिममासमेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया